१२ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चीनमा कोभिडः रातमा दम्पत्ति अलग्गै सुत्नू, चुम्बन पनि नगर्नू भन्दै सडकमा स्वास्थ्यकर्मीको उर्दी

२४ चैत्र २०७८, बिहीबार ०८:१५

चैत्र २४, सांघाइ | कोभिड–१९ का कारण लकडाउनमा परेको सांघाईका स्थानीय बासिन्दा निकै कष्टकर जीवन बिताइरहेका छन् । प्रतिबन्धको समयमा सहरका सर्वसाधारणले झेल्नु परेका समस्या र उनीहरूलाई दिइएका निर्देशनका झलकहरू सामाजिक सञ्जालहरूमा पोष्ट हुन थालेका छन् । कतिपय पोस्ट भाइरल बनेका छन् ।

सांघाई कोभिड १९ को हटस्पट बनेको छ । पछिल्लो केही दिनयता दैनिक संक्रमितको संख्यामा कमी आए पनि अन्य देशको तुलनामा संक्रमण दर उच्च छ । सहरका २ करोड ६० लाख मानिसहरूलाई घरभित्रै बस्न भनिएको छ । 

सांघाईका बासिन्दाहरूले पोस्ट गरेका भिडियोहरूमा ड्रोनहरूले सूचना दिएको देखिन्छ । ड्रोनहरू आकाशमा देखा परेपछि बासिन्दाहरू आफ्नो बार्दली बाहिर निक्लिएर आपूर्तिको अभावमा विरोध गरेका देखिन्छन् ।

चीनको सामाजिक सञ्जाल विबोमा पहिलो पटक सेयर गरिएको सो भिडियोलाई पछि ट्विटरमा राखिएको थियो ।

ड्रोनहरूले मानिसहरूलाई कोभिड प्रतिबन्ध  पालना गर्न र ‘स्वतन्त्रताको लागि आफ्नो इच्छालाई नियन्त्रण गर्न’ निर्देशन दिएका छन् । मानिसहरूलाई झ्याल नखोल्न र गीत नगाउन भनिएको छ । 

यस्तै अर्को भिडियोमा स्वास्थ्यकर्मीहरूले सांघाईको सडकमा सार्वजनिक घोषणा गर्न मेगाफोन प्रयोग गरेका देखिन्छन् । ‘आज रातिदेखि  जोडीहरू छुट्टै सुत्नु पर्छ । चुम्बन गर्नु हुँदैन ।  अंगालो हाल्न अनुमति छैन ।  छुट्टै खाना खानु पर्छ । तपाईंको सहयोगका लागि धन्यवाद’, स्वास्थ्य कार्यकर्ताहरूले स्थानीय बासिन्दाहरूलाई भने । 

https://www.ndtv.com/world-news/covid-19-dont-sleep-together-hugs-and-kisses-not-allowed-residents-of-locked-down-shanghai-warned-2867888

 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आइतबार एमाले सचिवालय बैठक निर्वाचनमा सहभागी हुने प्रमुख दलका शीर्ष नेताहरूको प्रतिबद्धता निर्वाचनलाई सफल बनाउन दलहरुसँग प्रधानमन्त्रीको आग्रह प्रधानमन्त्री कार्की र तीन शीष नेताबीच छलफल जारी जेनजी आन्दोलनमा फरार कैदीको भारतमा मृत्यु सरकारले नागरिकमा विश्वास र आशा जगाउने प्रयास गरेको छः गृहमन्त्री अर्याल जापानको टोकियो नजिकै सडक दुर्घटना, दर्जनौँ घाइते कानुनी र प्रक्रियागत अवरोध नहटाएसम्म द्रुत विकासको सपना पूरा हुँदैनः मन्त्री घिसिङ शान्ति प्रक्रियामा ६० दिनको युद्धविराम आवश्यकः जेलेन्स्की देश नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक प्रधानमन्त्री कार्कीसँग प्रमुख दलका शीर्ष नेताबीच छलफल हुँदै शान्ति प्रयासमा कूटनीतिक समन्वय आवश्यकः ट्रम्प ७५० केजी गाँजासहित दुई जना पक्राउ लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ यी स्थानमा काटिदैछ बिजुली गाडीको ठक्करबाट एक जनाको मृत्यु रोक लगाइएको २१ बर्षपछि इराकमा कार्यरत हजारौं नेपालीहरुले पाउने भए श्रम-स्वीकृति निर्वाचनको विकल्प छैन : संयोजक दाहाल राजनीतिमा धैर्यता र समर्पण आवश्यक : महासचिव पोखरेल