भदौ १४, काठमाडौं । मानव बेचविखनको आरोपम"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १४, काठमाडौं । मानव बेचविखनको आरोपम"/>
२०८३, ११ जेष्ठ सोमबार
काठमाडौँ - KTM

पाँच हजार जना नेपाली र भारतीय चेली बेच्ने हुसेन दम्पति पक्राउ

२०७३, १४ भाद्र मंगलवार ०७:३६

भदौ १४, काठमाडौं । मानव बेचविखनको आरोपमा एक दम्पत्ति र उनीहरुका ६ जना सहयोगीलाई दिल्ली प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ४५ वर्षीया साएरा र उनका ५० वर्षीय पति हुसेन रहेका छन् । हुसेन दम्पत्तिले नेपालका साथै पश्चिम बंगाल, उडिसा, असम लगायतका क्षेत्रका ५ हजार भन्दा बढी युवतीलाई बेचेको प्रहरीको दाबी छ ।

उनीहरुले ५० हजारमा युवतीहरुलाई किन्ने र २ लाख भन्दा बढीमा बेच्ने गरेका थिए । भारतीय प्रहरीले हुसेन दम्पत्तिलाई पक्राउ गरेको स्वीकार गरेपनि थप केही बताउन चाहेको छैन ।

समाचारहरुमा जनाइएअनुसार उनीहरुले सुरुमा जीबी रोडमा धन्दा सुरु गरेका थिए । तर, यस्तो चार कोठी चलाएका छन् । सारा १९९० मा पनि पक्राउ परेकी थिइन् । र, उनलाई ७ वर्षको जेल सजाय पनि भयो । तर, उनी फेरि यही धन्दामा लागेको पाइएको छ ।

प्रहरीले हुसेन दम्पत्तिविरुद्ध पर्याप्त प्रमाण रहेको दाबी गरेको इण्डिया टुडेले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा