भदौ १४, ढाका । बङ्गलादेशका एकजना नेतालाई दिइएको मृत्युदण्डको सजायलाई यहाँको उच्च अदालतले सदर गरेको छ ।

बङ्गलादेशको सबैभन्दा ठूलो इस्लामिक दलका नेता मिर क्वासिम अलिलाई यसअघि सुनाइएको यस कारबाहीका विरुद्धमा उनले यहाँको सर्वोच्च अदालतमा अपि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १४, ढाका । बङ्गलादेशका एकजना नेतालाई दिइएको मृत्युदण्डको सजायलाई यहाँको उच्च अदालतले सदर गरेको छ ।

बङ्गलादेशको सबैभन्दा ठूलो इस्लामिक दलका नेता मिर क्वासिम अलिलाई यसअघि सुनाइएको यस कारबाहीका विरुद्धमा उनले यहाँको सर्वोच्च अदालतमा अपि"/>

2026-07-25 03:17 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बंगलादेशको सबैभन्दा ठूलो दलका नेतालाई फाँसी दिने निर्णय

भदौ १४, ढाका । बङ्गलादेशका एकजना नेतालाई दिइएको मृत्युदण्डको सजायलाई यहाँको उच्च अदालतले सदर गरेको छ ।

बङ्गलादेशको सबैभन्दा ठूलो इस्लामिक दलका नेता मिर क्वासिम अलिलाई यसअघि सुनाइएको यस कारबाहीका विरुद्धमा उनले यहाँको सर्वोच्च अदालतमा अपिल गरेका थिए ।

उनले गरेको सो अपिलको सुनुवाइपछि सर्वोच्च अदालतका प्रधानन्यायाधीशको मुख्य इजलासले उनको अपिल बदर गरेको हो । उनलाई सन् २०१४ मा नै मृत्युदण्डको सजाय सुनाइएको थियो । पछि उनले सो निर्णयका बिरुद्धमा अपिल गरेका थिए ।

उनलाई मृत्युदण्ड दिने भएपछि यहाँको ठूलो इस्लामिक दल जमात इ इस्लामी दलमा ठूलो तरङ्ग पैदा भएको छ । ६३ वर्षीय यी नेता उक्त दलका एकजना प्रमुख लगानीकर्ता हुन् ।

उनका वकिल गाजी एम एच तमिमले उक्त अपिलका विरुद्धमा अदालतले फैसला सुनाएको जानकारी मङ्गलबार सम्वाददाताहरुलाई दिएका छन् । बङ्गलादेशका प्रधानन्यायाधीशले आफ्नो फैसलामा भनेका छन्, तमिमका तर्फबाट गरिएको अपिल अस्वीकार गरिएको छ ।

अब ती इस्लामिक दलका नेता अलिलाई मृत्युदण्डको कारबाहीका लागि बाटो खुला भएको छ । तर पनि उनले अझै पनि बङ्गलादेशका राष्ट्रपति समक्ष आममाफीका लागि पनि अपिल गर्नेछन् ।

तर आम नागरिकका अनुसार बङ्गलादेशका राष्ट्रपतिले उनलाई आममाफी नदिन पनि सक्छन् । बङ्गलादेश स्वतन्त्र हुने समयमा सन् १९७१ मा भएको युद्धअपराधको विषयलाई लिएर यतिखेर यहाँ दोषीमाथि कारबाही सुरु भएको छ ।

सो समयमा भएको युद्धअपराधको छानबीन गरी दोषीमाथि कारबाही गर्ने उद्देश्यले सन् २०१० मा बङ्गलादेशमा युद्धअपराधको विषयमा हेर्ने विशेष अदालतको स्थापना भएको थियो ।

सो अदालतको सिफारिशमा हालसम्म यहाँका दर्जनौँ नेतालाई फासीका सजाय सुनाइसकिएको छ ।

यसअघि पनि सन् २०१३ मा सो दलका र अरु विपक्षी नेताहरुगरी पाँच जना वरिष्ठ नेतालाई नै मृत्युदण्ड दिइसकिएको छ । रासस/एएफपी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाली कम्युनिस्ट आन्दोलनलाई पुनः एकताबद्ध र सशक्त बनाउनुपर्छ : पुष्पकमल दाहाल भिरबाट लडेर एक जनाको मृत्यु हरिशयनी एकादशीमा देशभरका नारायण मन्दिरमा भक्तजनको घुइँचो आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल