भदौ १४, ढाका । बङ्गलादेशका एकजना नेतालाई दिइएको मृत्युदण्डको सजायलाई यहाँको उच्च अदालतले सदर गरेको छ ।

बङ्गलादेशको सबैभन्दा ठूलो इस्लामिक दलका नेता मिर क्वासिम अलिलाई यसअघि सुनाइएको यस कारबाहीका विरुद्धमा उनले यहाँको सर्वोच्च अदालतमा अपि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १४, ढाका । बङ्गलादेशका एकजना नेतालाई दिइएको मृत्युदण्डको सजायलाई यहाँको उच्च अदालतले सदर गरेको छ ।

बङ्गलादेशको सबैभन्दा ठूलो इस्लामिक दलका नेता मिर क्वासिम अलिलाई यसअघि सुनाइएको यस कारबाहीका विरुद्धमा उनले यहाँको सर्वोच्च अदालतमा अपि"/>

२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बंगलादेशको सबैभन्दा ठूलो दलका नेतालाई फाँसी दिने निर्णय

१४ भाद्र २०७३, मंगलवार ०७:४५

भदौ १४, ढाका । बङ्गलादेशका एकजना नेतालाई दिइएको मृत्युदण्डको सजायलाई यहाँको उच्च अदालतले सदर गरेको छ ।

बङ्गलादेशको सबैभन्दा ठूलो इस्लामिक दलका नेता मिर क्वासिम अलिलाई यसअघि सुनाइएको यस कारबाहीका विरुद्धमा उनले यहाँको सर्वोच्च अदालतमा अपिल गरेका थिए ।

उनले गरेको सो अपिलको सुनुवाइपछि सर्वोच्च अदालतका प्रधानन्यायाधीशको मुख्य इजलासले उनको अपिल बदर गरेको हो । उनलाई सन् २०१४ मा नै मृत्युदण्डको सजाय सुनाइएको थियो । पछि उनले सो निर्णयका बिरुद्धमा अपिल गरेका थिए ।

उनलाई मृत्युदण्ड दिने भएपछि यहाँको ठूलो इस्लामिक दल जमात इ इस्लामी दलमा ठूलो तरङ्ग पैदा भएको छ । ६३ वर्षीय यी नेता उक्त दलका एकजना प्रमुख लगानीकर्ता हुन् ।

उनका वकिल गाजी एम एच तमिमले उक्त अपिलका विरुद्धमा अदालतले फैसला सुनाएको जानकारी मङ्गलबार सम्वाददाताहरुलाई दिएका छन् । बङ्गलादेशका प्रधानन्यायाधीशले आफ्नो फैसलामा भनेका छन्, तमिमका तर्फबाट गरिएको अपिल अस्वीकार गरिएको छ ।

अब ती इस्लामिक दलका नेता अलिलाई मृत्युदण्डको कारबाहीका लागि बाटो खुला भएको छ । तर पनि उनले अझै पनि बङ्गलादेशका राष्ट्रपति समक्ष आममाफीका लागि पनि अपिल गर्नेछन् ।

तर आम नागरिकका अनुसार बङ्गलादेशका राष्ट्रपतिले उनलाई आममाफी नदिन पनि सक्छन् । बङ्गलादेश स्वतन्त्र हुने समयमा सन् १९७१ मा भएको युद्धअपराधको विषयलाई लिएर यतिखेर यहाँ दोषीमाथि कारबाही सुरु भएको छ ।

सो समयमा भएको युद्धअपराधको छानबीन गरी दोषीमाथि कारबाही गर्ने उद्देश्यले सन् २०१० मा बङ्गलादेशमा युद्धअपराधको विषयमा हेर्ने विशेष अदालतको स्थापना भएको थियो ।

सो अदालतको सिफारिशमा हालसम्म यहाँका दर्जनौँ नेतालाई फासीका सजाय सुनाइसकिएको छ ।

यसअघि पनि सन् २०१३ मा सो दलका र अरु विपक्षी नेताहरुगरी पाँच जना वरिष्ठ नेतालाई नै मृत्युदण्ड दिइसकिएको छ । रासस/एएफपी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान