भदौ १४, काठमाडौँ । युवा तथा खेलकुदमन्त्री दलजित श्रीपाइलीले खेलाडीलाई ‘खेलाडी’ नै भएर बाँच्ने आधार तयार गर्नु आफ्नो लक्ष्य भएको बताउनुभएको छ । 

युवा तथा खेलकुद मन्त्रालयमा आज ‘४२औँ चेस ओलम्पियाड’ र ‘१६औँ पारा ओलम्पिक’मा भाग लिन जाने खेलाडीलाई "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १४, काठमाडौँ । युवा तथा खेलकुदमन्त्री दलजित श्रीपाइलीले खेलाडीलाई ‘खेलाडी’ नै भएर बाँच्ने आधार तयार गर्नु आफ्नो लक्ष्य भएको बताउनुभएको छ । 

युवा तथा खेलकुद मन्त्रालयमा आज ‘४२औँ चेस ओलम्पियाड’ र ‘१६औँ पारा ओलम्पिक’मा भाग लिन जाने खेलाडीलाई "/>

२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘खेलाडी’ नै भएर बाँच्ने आधार तयार गर्छु – खेलकुदमन्त्री

१४ भाद्र २०७३, मंगलवार ०८:५६

भदौ १४, काठमाडौँ । युवा तथा खेलकुदमन्त्री दलजित श्रीपाइलीले खेलाडीलाई ‘खेलाडी’ नै भएर बाँच्ने आधार तयार गर्नु आफ्नो लक्ष्य भएको बताउनुभएको छ । 

युवा तथा खेलकुद मन्त्रालयमा आज ‘४२औँ चेस ओलम्पियाड’ र ‘१६औँ पारा ओलम्पिक’मा भाग लिन जाने खेलाडीलाई सफलताको शुभकामना दिँदै उहाँले भन्नुभयो – “अब नेपाली खेलकुदलाई नीति विधिमार्फत सुधार गर्नेछौँ, ताकि तपाइँमा पनि हामी खेलाडी हौँ भन्ने गर्वको भावना आओस् ।” 

यसैबीच यही भदौ १६ देखि २९ गतेसम्म अजरबैजानको बाकुमा हुने ‘चेस ओलम्पियाड’मा भाग लिने १० खेलाडीसहितको टोली बुधबार त्यसतर्फ प्रस्थान गर्दैछ जसमा पाँच पाँच पुरुष तथा महिला छन् । पुरुषमा भूपेन्द्र निरौला, सजिन महर्जन, केशव श्रेष्ठ, क्षितिज भण्डारी र विलमलाल श्रेष्ठ तथा महिलामा सिन्दिरा जोशी, शान्ता थापा, मोनालिसा खम्बू, सुजना लोहनी र अस्मिता अधिकारी छन् । 

त्यस्तै ब्राजिलमा भदौ २२ देखि आगामी असोज २ गतेसम्म हुने ‘पारा ओलम्पिक’मा भाग लिने दुई खेलाडी सहितको टोली पनि बुधबार नै त्यसतर्फ जाँदैछ जसमा पौडीमा लक्ष्मी कुँवर र एथ्लेटिक्समा विक्रमबहादुर रानाले प्रतिस्पर्धा गर्नुहुनेछ । छविलाल चौधरीले रानाको ‘रनर गाइड’का रुपमा काम गर्नुहुनेछ । 

पदाधिकारीको जम्बो टोली 

‘पारा ओलम्पिक’मा नेपालका जम्मा दुई खेलाडीले भाग लिँदैछन् तर त्यहाँ १६ जनाको जम्बो टोली जाँदैछ । त्यस्तै ‘चेस ओलम्पियाड’मा १० खेलाडी र दुई कप्तानले सहभागिता जनाउनु हुनेछ तर त्यहाँ पनि १९ सदस्यीय टोलीले सहभागिता जनाउँदैछ । यसरी खेलाडीभन्दा धेरै कामविहीन पदाधिकारी जाने प्रथाले नेपाली खेलकुद क्षेत्र आर्थिक रुपमा झन धराशायी बन्ने जानकार बताउँछन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान