२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पीटीआईका सांसदले नेसनल एसेम्ब्लीको सदस्यबाट सामूहिक राजीनामा दिने

२०७८, २८ चैत्र सोमबार ११:१८

चैत्र २८, इस्लामावाद | पाकिस्तानमा सोमबार नयाँ प्रधानमन्त्रीका लागि निर्वाचन हुनुभन्दा केही मिनेटअघि पाकिस्तान तेहरिक–इ–इन्साफ (पीटीआई) पार्टीका सांसदहरूले तल्लो सदन नेसन एसेम्ब्लीबाट सामूहिक राजीनामा दिने निर्णय गरेका छन् । सोमबार दिउँसो संसद भवनमा पीटीआई अध्यक्ष इमरान खानको अध्यक्षतामा बसेको पार्टीको संसदीय दलको बैठकले उक्त निर्णय गरेको हो । 

"संसदीय दलले आयातित सरकारको विरुद्धमा संसद सदस्यबाट राजीनामा दिने निर्णय गरेको छ’, पीटीआई केन्द्रीय सूचना सचिव फारुख हबीबले ट्वीटमा पुष्टि गरे । सो निर्णयपछि केही सांसदहरूले संसदबाट राजीनामा दिएको ट्विटरमा घोषणा गरेका छन् । पार्टीको घोषणापछि मुराद सइदले नेसनल एसेम्ब्लीको सदस्यबाट राजीनामा दिएका छन् । पार्टी निर्णयपछि संसद् सदस्यबाट राजीनामा दिने उनी पार्टीको पहिलो सांसद हुन् । पार्टीको नीतिअनुसार आफूले राजीनामा दिएको उनले पुष्टि गरेका छन् । 

विदेशी षडयन्त्रमा इमरान खानलाई सत्ताच्युत गरिएको उनले आरोप लगाए । ‘के विदेशीलाई पाकिस्तानमा सरकार गठन गर्न र तोड्ने अधिकार छ ?’ उनले प्रश्न गरेका छन् । त्यस्तै पूर्वसामुद्रिकमामिला मन्त्री अली हैदर जैदीले पनि ट्वीटरमा राजीनामाको घोषणा गरेका छन् । उनले पार्टी अध्यक्षलाई राजीनामा बुझाएको बताएका छन् ।

 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से