१३ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मोदी र बाइडेनबीच वार्ता हुँदै, रुस र युक्रेन युद्ध प्रमुख मुद्दा

२८ चैत्र २०७८, सोमबार १४:४९

चैत्र २८, काठमाडौँ | प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच आज भर्चुअल भेट हुने भएको छ । गत महिना मात्रै चार नेताको बैठकमा दुई नेताबीच भेटवार्ता भएको थियो । यो बैठक २ प्लस २ मन्त्रीस्तरीय वार्ता अघि बस्न लागेको हो  भारतको परराष्ट्र मन्त्रालयले दुई नेताबीचको भेटले द्विपक्षीय साझेदारीलाई थप मजबुत बनाउने जनाएको छ । यो बैठकले दुई देशबीच निरन्तर उच्चस्तरीय सहभागिताको बाटो खोल्नेछ ।

दुई नेताबीच दक्षिण एसियाका पछिल्लो घटनाक्रम र साझा चासोका विश्वव्यापी घटनाक्रमका बारेमा छलफल हुनेछ । दुई नेताबीच  कोरोना महामारी, जलवायु संकट,  विश्वव्यापी अर्थतन्त्र र लोकतन्त्रको सुरक्षाको वार्ता हुन सक्छ ।

सबैभन्दा ठूलो मुद्दा : रूस र युक्रेन युद्ध

ह्वाइट हाउसका अनुसार बाइडेनले मोदीसँगको भेटमा रुस–युक्रेन युद्धको मुद्दा पनि उठाउनेछन् । ह्वाइट हाउसले रुसको युद्धको बारेमा मोदीसँग छलफल गरिने जनाएको छ । यसका साथै यस युद्धले विश्व खाद्य आपूर्तिमा पार्ने प्रभावबारे पनि छलफल हुनेछ ।

रुस र युक्रेनबीच भारतको अडानप्रति अमेरिकाले पहिले नै आपत्ति जनाएको छ । अमेरिका भारतले रुससँगको सम्बन्धलाई सीमित गरोस् भन्ने चाहन्छ । भारतले रुससँग तेलको व्यापार जारी राखेको छ जसले गर्दा अमेरिका असन्तुष्ट छ । भारतले यो सम्बन्धलाई निरन्तरता दिएमा मूल्य चुकाउनु पर्ने  अमेरिकाले चेतावनी दिएको छ । यसैबीच अमेरिकाले भारतलाई हतियार दिने प्रस्ताव गरेको छ । रुसबाट हतियारमाथिको निर्भरता घटाउनुपर्ने सर्त पनि राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आइतबार एमाले सचिवालय बैठक निर्वाचनमा सहभागी हुने प्रमुख दलका शीर्ष नेताहरूको प्रतिबद्धता निर्वाचनलाई सफल बनाउन दलहरुसँग प्रधानमन्त्रीको आग्रह प्रधानमन्त्री कार्की र तीन शीष नेताबीच छलफल जारी जेनजी आन्दोलनमा फरार कैदीको भारतमा मृत्यु सरकारले नागरिकमा विश्वास र आशा जगाउने प्रयास गरेको छः गृहमन्त्री अर्याल जापानको टोकियो नजिकै सडक दुर्घटना, दर्जनौँ घाइते कानुनी र प्रक्रियागत अवरोध नहटाएसम्म द्रुत विकासको सपना पूरा हुँदैनः मन्त्री घिसिङ शान्ति प्रक्रियामा ६० दिनको युद्धविराम आवश्यकः जेलेन्स्की देश नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक प्रधानमन्त्री कार्कीसँग प्रमुख दलका शीर्ष नेताबीच छलफल हुँदै शान्ति प्रयासमा कूटनीतिक समन्वय आवश्यकः ट्रम्प ७५० केजी गाँजासहित दुई जना पक्राउ लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ यी स्थानमा काटिदैछ बिजुली गाडीको ठक्करबाट एक जनाको मृत्यु रोक लगाइएको २१ बर्षपछि इराकमा कार्यरत हजारौं नेपालीहरुले पाउने भए श्रम-स्वीकृति निर्वाचनको विकल्प छैन : संयोजक दाहाल राजनीतिमा धैर्यता र समर्पण आवश्यक : महासचिव पोखरेल