2026-09-12 08:37 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

माओवादी नेताहरुले प्रचण्डलाइ के भनेर फर्काए ?

चैत्र २८, महोत्तरी | सत्तारुढ दल जिल्ला तथा पालिकाको गठबन्धनका विषयमा अल्लमल्ल बनिरहेको बेला महोत्तरीका नेताहरूले आफ्ना शीर्ष नेताहरूसँग  छलफल गरेका छन ।

नेपाली कांग्रेस महोत्तरीका नेताहरूले आइतबार सभापति शेरबहादुर देउवा र अन्य शीर्ष नेतासँग छलफल गरेर फर्किए लगत्तै माओवादी केन्द्रका नेताले पनि अध्यक्ष पुष्कमल दाहाल प्रचण्डसँग छलफल गरेर फर्किएका छन् ।

अहिले बेलुका जिल्लास्थित नेताहरूले प्रचण्डसँग छलफल गर्दा गठबन्धनमा अडिग रहन निर्देशन भएको छलफलमा सहभागी केन्द्रीय सदस्य तथा महोत्तरीका नेता प्रकाश पोखरेलले जानकारी दिए ।

५ वैसाखभित्र उम्मेदवारसमेत टुंगो लगाउन निर्देशन भएको नेता पोखरेलको भनाइ छ । नेताहरूले अध्यक्ष प्रचण्डलाई जिल्लामा पार्टीको अवस्था र सत्ताघटक गठबन्धन दलको विषयमा रिपोर्ट गरेका थिए ।

महोत्तरीका नेता तथा केन्द्रीय सदस्य रामकुमार शर्मा, भरत साह, राजु खडका, भवानी खडका, प्रकाश पोखरेल, स्थायी कमिटी सदस्य गिरिराजमणी पोखरेलसहित छलफलमा पुगेका थिए ।

मंगलबार नै मधेश प्रदेशमा गठबन्धनको मोडालिटीको समबन्धमा बैठक बस्दै छ भने केन्द्रमा पनि गठबन्धनको अल्लमल्ललाइ भोलि नै निष्कर्षमा पुर्‍याउने तयारी भएको छ ।

यता गठबन्धनको विपक्षमा रहेका नेपाली कांग्रेसका नेताले सभापति शेरशहादुर देउवालाइ भेटेर फर्किएपछि जिल्लामा नेता तथा कार्यकर्तालाई  गठबन्धनको पक्षमा उभिन आग्रह गरेका छन् । नेपाली कांग्रेसका जिल्ला नेता चिरिन्जिबी हमाल, नागेस्वर यादवलगायतका नेताले आइतबार शीर्ष नेतालाई भेटेर जिल्ला फर्किएका थिए ।

गठबन्धनप्रति असन्तुष्टि जनाइरहेका नेता, कार्यकर्तालाई पनि आज सत्ताघटक दलले निकालेको संयुक्त अपिलले मथर बनाएको छ ।

मंगलबार गठबन्धनको मोडालिटी बनेपछि जिल्लामा चुनावी रौनक सुरु हुने देखिएको छ ।

माओवादी केन्द्र महोत्तरी पनस उम्मेदवार छान्न अल्लमल्लमा परिरहेको वेला नेताहरूको छलफलले उम्मेदवार छनोटको प्रक्रियामा निर्धक्क भएर लाग्न बाटो खुल्ला भएको नेताहरूले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता सुनचाँदीको मुल्य घट्यो राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस