२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

किन हटाइए भरतपुर महानगरका मुख्य निर्वाचन अधिकृत ?

२०७८, २९ चैत्र मंगलवार १०:४४

चैत्र २९, काठमाडौं | निर्वाचन आयोगले भरतपुर महानगरपालिकाका मुख्य निर्वाचन अधिकृत हेरफेर गरेको छ । स्थानीय तह निर्वाचन आउन ३१ दिन बाँकी रहेका बेला आयोगले मुख्य निर्वाचन अधिकृत जिल्ला न्यायाधीश हेमन्त रावललाई हटाएको हो । उनको ठाउँमा अर्का न्यायाधीश प्रकाशकुमार अधिकारीलाई मुख्य निर्वाचन अधिकृत तोकिएको हो ।

आयोगले यसअघि ७१ जना मुख्य निर्वाचन अधिकृत हेरफेर गरेको थियो । आयोगको २८ चैतमा बसेको बैठकले भरतपुरको मुख्य निर्वाचन अधिकृतपरिवर्तन गर्ने निर्णय गरेको हो । मुख्य निर्वाचन अधिकृत परिवर्तनबारे आयोगले केही खुलाएको छैन । आयोगले मुख्य निर्वाचन अधिकृत हेरफेर सामान्य विषय भएको जनाएको छ । 

यसअघि २०७४ सालको स्थानीय तह निर्वाचनमा भरतपुर महानगरपालिका मतपत्र च्यातिएको थियो । जसमा मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेले सहयोगी भूमिका खेलेको भन्दै एमालेले कारवाहीको माग गर्दै न्याय परिषद्मा उजुरी दिएको थियो । न्याय परिषद्को सिफारिसमा नै आयोगले मुख्य निर्वाचन अधिकृत तोक्ने गर्छ । सोही आधारमा मुख्य निर्वाचन अधिकृत हेरफेर गरिएको आयोगले प्रष्ट पारेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति