२०८२, १ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारतको भ्रमण गर्दै बेलायती प्रधानमन्त्री जोनसन, यी विषयमा हुँदैछ छलफल

२०७९, ४ बैशाख आईतवार ०५:४८

 वैशाख ४, नयाँ दिल्ली | बेलायतका प्रधानमन्त्री बोरिस जोनसन यसै साता भारतको भ्रमण गर्ने भएका हुन् । प्रधानमन्त्री जोनसनले शुक्रबार नयाँ दिल्लीमा प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गर्नेछन् । भेटका अवसरमा रक्षा र व्यापारलगायतका विषयमा छलफल हुनेछ ।  

कोभिडका कारण अघिल्ला भ्रमणहरू स्थगित भएपछि प्रधानमन्त्रीको रूपमा जोन्सनको यो पहिलो भारत भ्रमण हुनेछ । रुसले युक्रेनमा आक्रमण गरेपछि बेलायतले मस्कोमाथिको आफ्नो निर्भरता घटाउन भारतलाई मनाउने प्रयास गरिरहेको छ । 

रुसविरुद्ध कडा प्रतिबन्ध लगाउन र व्यापार, रक्षा, ऊर्जा र खाद्य सुरक्षा जस्ता क्षेत्रमा सहकार्य गर्न गत महिना विदेशमन्त्री लिज ट्रसले भारतको भ्रमण गरेकी थिइन् । भारतले २४ फेब्रुवरीमा युक्रेनमा आक्रमण सुरु गरेदेखि प्रत्यक्ष रूपमा रसियाको आलोचना गरेको छैन । त्यस्तै, उसले यसबारे राष्ट्रसंघको सुरक्षा परिषदमा भएका मतदानमा पनि निन्दा गरेको छैन ।

भारत भ्रमणका क्रममा प्रधानमन्त्री जोनसन बिहीबार पाँचौं ठूलो राज्य गुजरात पुग्नेछन् । गुजरातमा उनले बेलायत र भारतका प्रमुख उद्योगहरूमा ठूलो लगानीको साथै विज्ञान, स्वास्थ्य र प्रविधिमा नयाँ सहकार्यको घोषणा गर्ने अनुमान गरिएको छ । 

भ्रमणअघि प्रधानमन्त्रीले भने, ‘निरंकुश राज्यहरूबाट हाम्रो शान्ति र समृद्धिमा जोखिम सामना गर्दा लोकतन्त्र र मित्रहरू एकसाथ रहनु महत्त्वपूर्ण छ ।

उनले अगाडि भनेका छन्, ‘भारत प्रमुख अर्थतन्त्र र विश्वकै ठूलो प्रजातान्त्रिक देश हो । यो अनिश्चित समयमा उ बेलायतका लागि एक उच्च मूल्यवान रणनीतिक साझेदार पनि हो । ’ 

भारत भ्रमणले दुबै देशका जनतालाइ रोजगारी सिर्जनादेखि आर्थिक वृद्धि प्रदान गर्ने उनको भनाई छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ विज्ञहरूको सुझावका आधारमा विकासका काम गर्छु: सभापति थापा कांग्रेस नयाँ पुस्ताको प्रतिनिधित्व गरेर अगाडि बढ्छ: महामन्त्री घिमिरे राजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न विमानस्थल पुगे दुर्गा प्रसाईँ देशलाई निकास दिन निर्वाचनलाई सफल बनाऔँ : प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्यमा गिरावट पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट हेलिकप्टरमार्फत काठमाडौँ आउँदै वैदेशिक रोजगारीको प्रलोभन पारेर लाखौँ ठगेको अभियोगमा तीन जना पक्राउ नेपालविरुद्ध इटलीको १० विकेटको सहज जित नेपालले इटालीलाई दियो १२४ रनको लक्ष्य इटालीविरुद्ध ब्याटिङ गर्दै नेपाल देशलाई अस्थिरताको चक्रबाट मुक्त गर्न फागुन २१ को निर्वाचनको विकल्प छैन: प्रधानमन्त्री कार्की साँढेको जुधाइ बाच्छाको मिच्याइँ नहोस्: प्रचण्ड त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निषेधाज्ञा जारी टी– २० विश्वकप : दोस्रो खेलमा आज इटालीसँग खेल्दै नेपाल अटोरिक्सा र टिपर एकआपसमा ठोक्किँदा एकजनाको मृत्यु सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?