भदौ १५, काठमाडौं । क्रिकेट खेलाडीका रुपमा मैत्रीपूर्ण खेल खेल्न जापान लगिएका नौजना गैरखेलाडीले काठमाडौं र्फकने टिक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १५, काठमाडौं । क्रिकेट खेलाडीका रुपमा मैत्रीपूर्ण खेल खेल्न जापान लगिएका नौजना गैरखेलाडीले काठमाडौं र्फकने टिक"/>
२० मंसिर २०८२, शुक्रबार
काठमाडौँ - KTM

खेलाडीको रुपमा जापान पुगी उतै लुकेकाहरुले टिकट रद्द गरेको खुल्यो

१५ भाद्र २०७३, बुधबार ०४:२६

भदौ १५, काठमाडौं । क्रिकेट खेलाडीका रुपमा मैत्रीपूर्ण खेल खेल्न जापान लगिएका नौजना गैरखेलाडीले काठमाडौं र्फकने टिकट जापानबाटै रद्द गराएको खुलेको हो ।

१५ दिनको भिसासहित जापान लगिएका उनीहरु जापानमै भासिएको मंगलबार ४७ दिन बितेको छ । अध्यागमन विभागका अनुसानर अन्य नेपाली टोलीसहित गत १५ जुलाईमा जापान गएका ती गैरखेलाडी मंगलबारसम्म स्वदेश फर्किएका छैनन् ।

ती गैरखेलाडीले पहिले नै बुकिङ गरिसकेको आफ्नो फर्कने टिकटसमेत रद्द गरेको जानकारी सम्बन्धित ट्राभल एजेन्सीले दिएको आजको अन्नपूर्णमा समाचार छ । गत जुलाईमा जापानमा आयोजना हुने होन्डा कप क्रिकेट प्रतियोगितामा सहभागी हुन १८ सदस्यीय टोली त्यसतर्फ लगेको थियो ।

त्यसमा सातजना क्रिकेटर, दुईजना पदाधिकारी र नौजना गैरखेलाडी थिए । टोलीमा समावेश सातजना क्रिकेटर र दुईजना पदाधिकारी यसअघि नै नेपाल फर्किसकेका छन् ।

गैरखेलाडीमा रामसुर बुढा, सञ्जीव बुढा, रोमी राना, सूर्य वानियाँ, नरेन्द्र बुढा लगायत गरका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान