१३ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सांघाइमा कोभिडबाट थप ७ जनाको मृत्यु

६ बैशाख २०७९, मंगलवार ०६:१८

वैशाख ६, सांघाइ | चीनको सांघाईमा कोभिड–१९ बाट थप सात जनाको मृत्यु भएको छ । संक्रमणबाट मृत्यु भएका व्यक्तिहरू ६० देखि १०१ वर्ष उमेर समूहका छन् । उनीहरूको स्वास्थ्यसम्बन्धी अन्य समस्या पनि रहेको बताइएको छ । 

यसअघि सोमबार अधिकारीहरूले सांघाइमा कोभिडबाट ३ जनाको मृत्यु भएको बताएका थिए । सांघाइमा मंगलबार २० हजार ४१६ जना नयाँ संक्रमित फेला परेका छन् । 

बेइजिङले शून्य–कोभिड नीतिलाई जोड दिँदै आएको छ । संक्रमण घटाउन उसले लकडाउन, सामूहिक परीक्षण, लामो क्वारेन्टाइन र कडा प्रतिबन्ध जस्ता उपायहरू अबलम्बन गर्दै आएको छ । तर, प्रतिबन्धकाबाबजुद पछिल्लो समयमा संक्रमण दर बढिरहेको छ । 

सरकारले सार्वजनिक गरेको आधिकारिक तथ्यांकमा केहीले शंका गरेका छन् । उनीहरूका अनुसार देशको बढ्दो बृद्ध जनसंख्यामा खोप दर न्यून छ । 

सांघाईका ६० वर्षमाथि दुई तिहाइभन्दा बढीले पूर्ण खोप लगाएका र करिब ४० प्रतिशतले बुस्टर डोज लगाएका स्वास्थ्य अधिकारीहरूले आइतबार बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आइतबार एमाले सचिवालय बैठक निर्वाचनमा सहभागी हुने प्रमुख दलका शीर्ष नेताहरूको प्रतिबद्धता निर्वाचनलाई सफल बनाउन दलहरुसँग प्रधानमन्त्रीको आग्रह प्रधानमन्त्री कार्की र तीन शीष नेताबीच छलफल जारी जेनजी आन्दोलनमा फरार कैदीको भारतमा मृत्यु सरकारले नागरिकमा विश्वास र आशा जगाउने प्रयास गरेको छः गृहमन्त्री अर्याल जापानको टोकियो नजिकै सडक दुर्घटना, दर्जनौँ घाइते कानुनी र प्रक्रियागत अवरोध नहटाएसम्म द्रुत विकासको सपना पूरा हुँदैनः मन्त्री घिसिङ शान्ति प्रक्रियामा ६० दिनको युद्धविराम आवश्यकः जेलेन्स्की देश नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक प्रधानमन्त्री कार्कीसँग प्रमुख दलका शीर्ष नेताबीच छलफल हुँदै शान्ति प्रयासमा कूटनीतिक समन्वय आवश्यकः ट्रम्प ७५० केजी गाँजासहित दुई जना पक्राउ लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ यी स्थानमा काटिदैछ बिजुली गाडीको ठक्करबाट एक जनाको मृत्यु रोक लगाइएको २१ बर्षपछि इराकमा कार्यरत हजारौं नेपालीहरुले पाउने भए श्रम-स्वीकृति निर्वाचनको विकल्प छैन : संयोजक दाहाल राजनीतिमा धैर्यता र समर्पण आवश्यक : महासचिव पोखरेल