2026-07-01 10:48 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

केएल राहुल र मार्कस स्टोइनिस कारबाहीमा

 वैशाख ७,  काठमाडौं | रोयल्स च्यालेन्जर्स बैंगलोरसँग १८ रनले पराजित भएको खेलमा ‘कोड अफ कन्डक्ट’ को उल्लंघन गरेका कारण लखनउ सुपर जायन्टसका कप्तान केएल राहुल र अलराउन्डर मार्कस स्टोइनिसलाई जरिवाना गरिएको छ । 

इन्डियन प्रिमियर लिग (आईपीएल)–२०२२ क्रिकेट प्रतियागिता अन्तर्गत मंगलबार (हिजो) बैंगलोरविरुद्धको खेल क्रममा प्रतियोगिता नियमविपरित गएको दोषी भएपछि दुबैलाई जरिवाना लागेको हो । 

राहुलले ‘कोड अफ कन्डक्ट’को ‘लेवन वान’अन्तर्गतको नियम उल्लंघन गरेको जनाइएको छ । जसका कारण उनलाई २० प्रतिशत ‘म्याच फि’ जरिवाना गरिएको छ ।  

आईपीएलले भनेको छ, ‘लखनउका कप्तान केएल राहुलले बैंगलोरविरुद्ध भएको खेलमा आचारसंहिता उल्लंघन गरेको दोषी पाएका छौं । जसका कारण उनलाई २० प्रतिशत म्याच फि जरिवाना गरिएको छ ।’ 

दोषी केएल राहुलले समेत आचारसंहिताको लेवन वानको अपराध स्वीकार गरेका छन् । 

यता, अष्ट्रेलियाका अल राउन्डर मार्कस स्टोइनिसले बैंगलोरविरुद्ध आउट भए पनि अम्पायरविरुद्ध आफ्नो रिस पोखेका थिए । जसका कारण मार्कसले आचारसंहिता लेवन वान उल्लघंन गरेको खुलेको छ । मार्कस  स्वयंले समेत यसको स्वीकार गरेका छन् । 

१५ बल खेल्दै २४ रन बनाएपछि मार्कस १९औं ओभरमा आउट भएका थिए । यसपछि पूरा रिसाएका मार्कस अम्पायरसँग झगडा गरेको देखिएको थियो । 


 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पेट्रोलियम पदार्थ बिक्री वितरणमा देखिएको समस्या समाधान भइसकेको छ: आयल निगम रास्वपाको केन्द्रीय कार्यालयमा दृष्टिविहीनको प्रदर्शन सभामुख अर्यालसँग साउदी राजदूतको भेट नेप्से परिसूचकमा ४४ अङ्कको वृद्धि गत वर्ष भदौ २३/२४ को घटना हाम्रो कमजोरी होइन, षडयन्त्रकारीको अपराध हो: केपी शर्मा ओली सरकार सीमा सम्बन्धी समस्याहरू कूटनीतिक वार्ताको माध्यमबाट समाधान गर्न सधैँ प्रतिबद्ध छ: परराष्ट्रमन्त्री नेपाल वायुसेवा निगमको सेवा सुरक्षित, भरपर्दो र व्यवसायिक बनाउन सरकार सुक्ष्म अध्ययनमा छ : प्रधानमन्त्री शाह विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ५ जना पक्राउ विद्यालयबाट हराएकी ६ वर्षीया बालिका खोला किनारमा मृत अवस्थामा फेला रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्यले गरे सपथ ग्रहण पहिरो पन्छाएपछि खुल्यो मुग्लिन-नारायणगढ सडक रास्वपाका निर्वाचित केन्द्रीय सदस्यको शपथग्रहण हुँदै सुनचाँदीको मूल्यमा गिरावट नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा साउदी अरबमा सजाय भोगिरहेका ३३ नेपालीले पाए आममाफी विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण मुद्दामा थप कागजात मगाउन आदेश सरकारी सेवा घरदैलोमै पुर्‍याउने अभियान प्रभावकारी बन्दैछ: सञ्चारमन्त्री तिमिल्सिना हामी समूहगत र संस्थागत एकता गर्दैनौँ: केपी शर्मा ओली प्रहरी हौं भनेर लुटपाट गरेको आरोपमा चार जना पक्राउ पहिरोले कान्ति लोकपथ अवरुद्ध