2026-09-18 10:47 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भक्तपुर - BKT

भक्तपुरमा एमालेलाई वडा सदस्यसमेत जित्न नदिने एकीकृत समाजवादी अध्यक्ष बस्नेतको हिसाब

वैशाख ७, भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) भक्तपुरका अध्यक्ष श्याम वस्नेतले आफूहरुको उम्मेदबारी नेकपा एमालेकाविरुद्ध रहेको बताएका छन् । भक्तपुरबाट एमालेलाई एउटा वडा सदस्य पनि जित्न नदिने उनले दाबी गरे । 

पार्टीले बुधबार भक्तपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भक्तपुरका कुनै पनि वडामा नेकपा (एमाले) का उम्मेदवारलाई जित्न नदिनु नै आफूहरुको मुख्य उद्देशय रहेको बताए । आफूहुरुले सवै तथ्यांक लिइसकेको बताउँदै उनले एमालेले एउटा पनि वडा भक्तपुरमा नजित्ने ठोकुवा उनले गरे । उनले एमालेको भोट काटेर एमालेलाई हराउने आफूहरुको मुख्य ध्येय रहेको जनाए । 

उनका अनुसार भक्तपुरका चार वटै नगरपालिकामा आफूहरुले एमालेको भोट काट्ने छ । उनले प्रस्तुत गरे अनुसार नेकपा एसले जिल्लाको सूर्यविनायक नगरपालिकामा ४० प्रतिशत, भक्तपुर नगरपालिकामा ५५ प्रतिशत, चाँगुनारायण नगरपालिकामा २८ प्रतिशत र मध्यपुर थिमि नगरपालिकामा ३७ प्रतिशत भोट काटिनेछ । 

भक्तपुरमा सूर्यविनायक, भक्तपुर, चाँगुनारायण र मध्यपुर थिमि गरी चार वटा नगरपालिकाहरु छन् । यसका लागि आफूहरुले वडास्तरमै पुगेर हिसाव किताव गरिसकेका उनले जनाए । 

‘भक्तपुरका ३८ वटा वडामा एमालेको उम्मेदवार भनेको एउटा वडा सदस्य समेत निर्वाचित हुन नदिने हाम्रो रणनीति छ’ उनले भने, ‘त्यसका लागि हाम्रो गठबन्धनसँग मसिनोसँग छलफल गरेका छौं । हामीले सबै हिसाब गरेका छौं, लगभग एउटा वडा फुत्केला कि भन्ने भएको थियो, त्यो ठाउँमा नि एक्सरसाइज गरेका छौं ।’ 

उनले भक्तपुरमा पहिलो शक्तिका रुपमा काँग्रस, दोस्रो शक्तिका रुपमा एमाले र तेस्रो शक्तिका रुपमा नेकपा एस रहेको दाबी समेत गरे । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई