2026-10-20 04:51 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

चितवनमा निर्वाचन अधिकृतको कार्यालय स्थापना, पालो मिलाएर मनोनयन दर्ता गर्न दललाई आग्रह

वैशाख ८, चितवन। निर्वाचन आयोगले बिहीबार चितवनको सात पालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ । भरतपुर महानगरपालिकामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो भने ६ पालिकाको केन्द्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयमा निर्वाचन अधिकृतसहित १० जना कर्मचारी खटाइएको छ । निर्वाचन अधिकृतको कार्यालयमा नौ जनालाई खटाइएको छ । कार्यालयहरुले आजै निर्वाचन कार्यक्रम प्रकाशित गर्ने जिल्ला निर्वाचन कार्यालय चितवनका प्रमुख भीमसेन कार्कीले जानकारी दिए ।

निर्वाचन कार्यक्रम र आचारसंहिताको विषयमा आज सर्वदलीय बैठक पनि बस्दै छ । जिल्ला समन्वय समितिको कार्यालयमा बैठक बस्न लागेको हो । आयोगले ११ र १२ वैशाख गते मनोनयन दर्ता गर्ने कार्यतालिका बनाएको छ ।

मनोनयन दर्ता गर्ने दिन मुख्य निर्वाचन अधिकृतको कार्यालयमा हुन सक्ने भीडभाडलाई मध्यनजर गर्दै विशेष सुरक्षा व्यवस्था मिलाइएको छ । चितवन उद्योग संघको आडमा रहेको उद्योग प्रशिक्षण प्रतिष्ठानको भवनमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।

मनोनयनका दिन मनोनयन दर्ता गर्ने उम्मेदवार, उम्मेदवारका प्रस्तावक र समर्थकलाई मात्र निर्वाचन अधिकृतको कार्यालयमा प्रवेश गर्न दिइने मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत पुरुषोत्तम पौडेलले जानकारी दिए ।

‘भीडभाड व्यवस्थापनका लागि कार्यालयबाहिर उत्तरतर्फ नेपाल टेलिकम चोक र दक्षिणतर्फ विद्युत चोकमा कडाई गर्छौं । उम्मेदवार र उम्मेदवारका प्रस्तावक र समर्थकबाहेकलाई प्रवेश गर्न दिँदैनौँ,’ उनले भने । मनोनयन दर्ता गर्ने समय दुई दिन भएकाले दलहरुलाई सुरक्षा निकायसँग समन्वय गरेर पालो मिलाएर आउन भनिने उनले बताए ।

आयोगले मुख्य निर्वाचन अधिकृतमा जिल्ला अदालत चितवनका न्यायाधिस प्रकाश कुमार अधिकारीलाई खटाएको छ । निर्वाचन अधिकृतका रुपमा रत्ननगरमा राष्ट्रिय सतर्कता केन्द्रका उपसचिव विनोद कुमार गौतम, खैरहनीमा मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय बागमतीकी उपसचिव सरस्वती पौडेल खटिएका छन् ।

राप्तीमा सहायक सिडिओ शिवप्रसाद रिजाल, कालिकामा जिल्ला न्यायाधिवक्ता महेशप्रसाद खत्री, माडीमा जिल्ला समन्वय अधिकारी चुडामणि शर्मा गौतम र इच्छाकामनामा जिल्ला अदालतका श्रेस्तेदार ईश्वर आचार्यलाई खटाइएको छ । निर्वाचन अधिकारीसहित सबै निर्वाचन अधिकृतहरुलाई १ र २ वैशाखमा आयोगले तालिम दिएको थियो । 

चितवनमा तीन लाख ९७ हजार ६८५ मतदाता छन् । भरतपुरमा एक लाख ८५ हजार ७५२, रत्ननगरमा ५२ हजार ६४२, खैरहनीमा ४३ हजार ५३१, राप्तीमा ४० हजार ६४९, कालिकामा ३१ हजार १५७, माडीमा २८ हजार ३२० र इच्छाकामनामा १५ हजार ६३४ मतदाता छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ