२०८३, ७ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

राजीनामापछि जनप्रतिनिधिले फिर्ता गरे सवारी सुविधा

२०७९, १० बैशाख शनिबार ०६:५८

 वैशाख १०, सिरहा | ३० वैशाखमा हुन गईरहेको स्थानीय तहको निर्वाचनमा भाग लिन सिरहाका जनप्रतिनिधिहरूले राजीनामासहित अ‌ाफूले प्रयोग गर्दै आएको सवारी साधन तथा सामग्री बुझाउन थालेका छन् । निर्वाचन कार्यतालिका अनुसार ११ र १२ गते मनोनयन दर्ता गर्ने कार्यक्रम रहेकाले जनप्रतिनिधिले एकदिन अगाडि आफूले प्रयोग गर्दै आएको सामाग्री बुझाउन थालेका हुन् ।

सिरहाको विष्णुपुर गाउँ पालिकाका अध्यक्ष जागेश्वर यादवले आफूले प्रयोग गर्दै आएको सरकारी सवारी साधन, मोवाईललगायतका सामाग्री जिन्सी शाखालाई  बुझाएका छन् । पालिका अध्यक्ष यादवसँगै सवै वडा अध्यक्षहरुले प्रयोग गर्दै आएको मोटरसाईकल र मोवाईल बुझाएका छन् । त्यसैगरी  सिरहा नगरपालिकाका मेयर असेश्वर यादवले पनि आफूले प्रयोग गर्दै आएको सरकारी गाडीको चाबी प्रशासकीय अधिकृत बलिराम यादवलाई बुझाएका छन् ।

उनीहरु दुवै जना जनता समाजबादी पार्टीबाट २०७४ को स्थानीय तहको निर्वाचनमा निर्वाचित भएका थिए । दुवै जना पुनः मेयर पदका प्रत्यासी हुन्।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पूर्वन्यायाधीश प्रधानको निधन, आज इजलास सञ्चालन नहुने सुनचाँदीको मुल्य बढ्यो यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक युवकको मृत्यु कक्षा ११ को पठनपाठन आगामी असार १ देखि दुर्गा प्रसाईलाई पक्राउ गर्नुको कारण पेस गर्न सर्वोच्चको आदेश विमानस्थलबाट ३७ थान राहदानीसहित एक जना पक्राउ हामी विरोध गरिरहन्छौँ, पाँचै वर्ष गर्छौँ: हर्कराज राई नेप्सेमा ३०.०८ अंकको वृद्धि निर्वाचनसम्बन्धी दुई विधेयक प्रस्तुत वैदेशिक रोजगारीको ठगी रोक्न प्रभावकारी रुपमा काम हुँदैछ : श्रममन्त्री यादव संसद्‌मा मर्यादित भएर प्रस्तुत हुन सभामुखको आग्रह श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ प्रतिनिधि सभाको बैठक शुरू सुनचाँदीको मूल्य घट्यो अब अनलाइन माध्यमबाटै प्रहरीमा उजुरी तथा गुनासो दर्ता गर्न सकिने यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु प्रधानन्यायाधीशको शपथ ६:१० बजे दुर्गा प्रसाईंविरुद्ध विद्युतीय कारोबार ऐन र राज्यविरुद्धको कसुरमा मुद्दा दर्ता मन्त्रीपरिषद बैठक सुरु