१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विवेकशील साझाबाट भरतपुरको मेयरमा युवा इन्जिनियर प्रविन

११ बैशाख २०७९, आईतवार ०५:३९

वैशाख ११, काठमाडौँ | विवेकशील साझा पार्टीले भरतपुर महानगरपालिकाको मेयर र उपमेयर छनोट गरेको छ । शनिबार बसेको जिल्ला सदस्य भेलाले प्रविन काफ्लेलाई सर्वसम्मत रूपमा महानगरको उम्मेदवारको रूपमा अगाडी सारेको हो।  २८ वर्षीय काफ्ले सन् २०१६ मा भारतको बैंगलोरबाट मेकानिकल इन्जिनीयरिङमा स्नातक सम्पन्न गरी स्वदेश फर्केर नेपालकै एक प्रतिष्ठित अन्तर्राष्ट्रिय उद्योग कम्पनीमा काम गरेर अनुभव लिँदै केहि वर्षदेखि आफ्नै उद्यम गरिरहेका छन्। उनले विगत ३ वर्षदेखि पार्टीको हरेक अभियानमा नेतृत्व लिँदै केहि वर्षयता  चितवन जिल्ला संयोजकको भूमिका पनि निर्वाह गरिसकेका छन् । उनी 'तातोभात अभियान' का योजनाकार पनि हुन् जसले भरतपुरमा २८ दिनसम्म निरन्तर कोभिड सङ्क्रमित बिरामीका कुरुवाहरू तथा न्यून आयस्रोत भएका नागरिकलाई निःशुल्क खाना खुवाएको थियो।  सँगसँगै, चितवनका हरेक सामाजिक,राजनीतिक घटना तथा समस्याहरूप्रति चासो र चिन्ता राख्दै गम्भीरतापूर्वक समाधानमुखी राजनीति गर्ने सङ्कल्प बोकेका युवा राजनीतिज्ञ हुन्।

साथसाथै भेलाले महिला अधिकारकर्मी पुष्पा सापकोटालाई उपमेयरको रूपमा अगाडी सारेको छ।  ३८ वर्षीय पुष्पा महिला अधिकारका लागि सशक्तीकरण, शिक्षा र स्वास्थ्यका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएकी छन्। सापकोटा विवेकशील साझा पार्टीको स्थापनाकालदेखि जिल्लामा महिला अधिकारकर्मी तथा राजनीतिकर्मीको रूपमा परिचित छिन् ।  हाल उनी विवेकशील साझा  पार्टीको केन्द्रीय  सदस्य छिन्। साथसाथै भेलाले जिल्ला संयोजकका रूपमा जगदीश पन्तलाई अगाडी बढाएको छ। 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार