१४ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारतलाई सिमाना रक्षा गर्न रुसी सहयोग आवश्यकः भारतीय अर्थमन्त्री सीतारमण

११ बैशाख २०७९, आईतवार ०६:३८

वैशाख ११, काठमाडौँ । भारतीय अर्थमन्त्री निर्मला सीतारमणले भारतलाई आफ्नो सिमाना रक्षा गर्न रुसी सहयोग चाहेको बताएकी छिन् । भारत र रुस लामो समयका साझेदार हुन् । नयाँ दिल्लीले आफ्नो अधिकांश सैन्य सामग्री मस्कोबाट खरिद गर्छ ।

‘तिम्रो एक छिमेकी छ, जसले अर्को छिमेकीसँग हात मिलाउँछ र दुबै मेरो विरुद्धमा छन् । रसिया–युक्रेन युद्धको सन्दर्भमा गठबन्धनहरू बनाइएका छन् भने भगवानले रोकून । 

चीन र पाकिस्तानलाई संकेत गर्दै सीतारमणले भनिन्, ‘भारत आफ्नो सुरक्षा गर्न पर्याप्त बलियो हुनुपर्छ ।’ । 

‘भारत युरोपेली युनियन, पश्चिमा देश र स्वतन्त्र तथा उदार विश्वसँग मित्र हुन चाहन्छ’, उनले थपिन, ‘तर कमजोर मित्रको रूपमा होइन जसलाई जहाँ पनि सहयोग चाहिन्छ ।’ 

अन्तर्राष्ट्रिय मुद्रा कोष र विश्व बैंकको वार्षिक बैठकमा भाग लिने क्रममा हाल सीतारामन वाशिंगटनमा छिन् । राजनीतिक विज्ञहरूले यसलाई आफ्नो सबैभन्दा ठूलो सैन्य वितरक रुसमाथि भारतको निर्भरता घटाउन पश्चिमा देशहरूले चालेको कदम भएको बताएका छन् । 

भारतले युक्रेनमा रुसी आक्रमणको विरुद्धमा राष्ट्रसंघको सुरक्षा परिषदमा मतदान नगरे पनि युक्रेनी सहर बुचामा भएको नरसंहारको निन्दा गरेको छ । नयाँ दिल्लीले किभलाई मानवीय सहायता उपलब्ध गराएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आइतबार एमाले सचिवालय बैठक निर्वाचनमा सहभागी हुने प्रमुख दलका शीर्ष नेताहरूको प्रतिबद्धता निर्वाचनलाई सफल बनाउन दलहरुसँग प्रधानमन्त्रीको आग्रह प्रधानमन्त्री कार्की र तीन शीष नेताबीच छलफल जारी जेनजी आन्दोलनमा फरार कैदीको भारतमा मृत्यु सरकारले नागरिकमा विश्वास र आशा जगाउने प्रयास गरेको छः गृहमन्त्री अर्याल जापानको टोकियो नजिकै सडक दुर्घटना, दर्जनौँ घाइते कानुनी र प्रक्रियागत अवरोध नहटाएसम्म द्रुत विकासको सपना पूरा हुँदैनः मन्त्री घिसिङ शान्ति प्रक्रियामा ६० दिनको युद्धविराम आवश्यकः जेलेन्स्की देश नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक प्रधानमन्त्री कार्कीसँग प्रमुख दलका शीर्ष नेताबीच छलफल हुँदै शान्ति प्रयासमा कूटनीतिक समन्वय आवश्यकः ट्रम्प ७५० केजी गाँजासहित दुई जना पक्राउ लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ यी स्थानमा काटिदैछ बिजुली गाडीको ठक्करबाट एक जनाको मृत्यु रोक लगाइएको २१ बर्षपछि इराकमा कार्यरत हजारौं नेपालीहरुले पाउने भए श्रम-स्वीकृति निर्वाचनको विकल्प छैन : संयोजक दाहाल राजनीतिमा धैर्यता र समर्पण आवश्यक : महासचिव पोखरेल