2026-10-26 03:54 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राष्ट्रसंघका महासचिवप्रति जेलेन्स्की असन्तुष्ट

वैशाख ११, किभ । युक्रेन भ्रमणअघि रुसको भ्रमण गर्न खोजको भन्दै युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसको आलोचना गरेका छन् । महासचिव गुटरेसले मंगलबार मस्कोको भ्रमण गर्दैछन् । मस्को भ्रमणका क्रममा गुटरेसले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र विदेशमन्त्री सर्गेइ लाभरोभसँग भेट गर्नेछन् ।  

मस्को भ्रमणलगत्तै उनी युक्रेनको राजधानी किभ पुग्ने कार्यतालिका छ । युक्रेन भ्रमणका क्रममा महासचिव गुटरेसले बिहीबार किभमा युक्रेनी राष्ट्रपति पुटिन र विदेशमन्त्री दिमित्रो कुलेबासँग भेट गर्नेछन् । युक्रेन युद्ध अन्त्यका लागि राष्ट्रसंघमाथि चर्को दबाब छ । रुस र युक्रेन दुबै राष्ट्रसंघका संस्थापक सदस्यहरू हुन् । 

रुसले २४ फेब्रुवरीदेखि युक्रेनमा हमला गरिरहेको छ ।  युक्रेनमाथिको रुसी हमलामा २१३ बालबालिकाको मृत्यु भएको छ । हमलामा ३८९ जना घाइते भएका युक्रेनको महान्यायधिवक्ताको कार्यलयले जनाएको छ । 

यसैबीच, युरोपको सुरक्षा र सहयोग संगठनले पूर्वी युक्रेनमा हिरासतमा रहेका विशेष अनुगमन मिसनका सदस्यहरूको रिहाइ सुरक्षित गर्न काम गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने