2026-10-26 03:53 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

इरानका राष्ट्रपतिद्वारा अफगानिस्तानमा भएको बम विस्फोट र हत्याको निन्दा

वैशाख ११, तेहरान । इरानका राष्ट्रपति इब्राहिम राइसीले हालै अफगानिस्तानमा भएको बम विस्फोट र हत्याको निन्दा गरेका छन् ।

उनले अफगानिस्तानमा पछिल्ला समयमा पुनः हत्या हिंसाका घटना हुन थालेको भन्दै यहाँका नागरिकको सुरक्षाका लागि आफूहरुको ऐक्यबद्धता रहने बताएका छन् । 

उनले पछिल्ला दिनहरुमा अफगानिस्तानका विद्यालय, मस्जिद आदिमा बम हमला गरी नागरिकको ज्यान लिने काम बढ्दै गएको भन्दै यसतर्फ सतर्क रही नागरिकको सुरक्षा गर्न अफगान सरकारसमक्ष आग्रह पनिगरेका छन् । अफगानिस्तानको कुन्दुज प्रान्तमा रहेको एउटा मस्जिदमा भएको विस्फोटनमा परी कम्तीमा २५ जनाको मृत्यु भएको थियो ।

शुक्रबार भएको सो घटनामा अरी अरु झण्डै ४० जना घाइते भएका बताइएको छ । सो मस्जिदमा हरेक शुक्रबार हुने प्रार्थना सकिएको केही समयमै मस्जिदमा विस्फोट भएको प्रत्यक्षदर्शीहरुले बताएका छन् । 

शुक्रबार अपराह्न भएको सो विस्फोट निकै भयानक रहेको पनि अधिकारीहरुले जनाएका छन् । घाइतेहरूलाई उपचारका लागि विभिन्न अस्पतालमा लगिएको छ ।

प्रहरीले घटनामा परी घाइते भएकामध्ये केहीको अवस्था गम्भीर रहेकाले मृतकको संख्या  बढ्न पनि सक्ने छ । 

सो विस्फोट भएलगत्तै घटनास्थलमा पुगेर तालिवान सरकारका सुरक्षाकर्मीले सुरक्षा दिएका र अनुसन्धान थालेका बताइएको छ । तर त्यहाँ भएको उक्त विस्फोटको जिम्मेवारी भने कसैले लिएको छैन ।

पछिल्ला केही दिनमा यहाँ विस्फोटका घटना हुन थालेका छन् । अघिल्लो हप्ता मात्र पनि यहाँ भएको यस्तै विस्फोटहरुमा परेर ३४ जनाको मृत्यु भएको थियो भने अरु दर्जनौँ व्यत्तिः घाइते भएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने