2026-06-14

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

सुत्केरीको हेलिकोप्टरबाट उद्धार

 वैशाख ११, खोटाङ | प्रसूति व्यथाका कारण गम्भीर बनेकी खोटाङको ऐसेलुखर्क गाउँपालिका-३ ऐसेलुखर्ककी २९ वर्षीय विमला थापा राईलाई हेलिकोप्टरबाट अस्पताल लगिएको छ । 

गर्भमा जुम्ल्याहा बच्चा रहेकी विमलाले शनिबार साँझ ५:२० बजे छोरी जन्माएकी थिइन् । तर, नवजात शिशुको शरीरमा अक्सिजनको कमी देखिएको तथा १६ घण्टा बित्दासमेत दोस्रो बच्चा नजन्मिएपछि राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गतको हवाई सेवाबाट खर्च व्यहोर्ने गरी हेलिकोप्टरमार्फत अस्पताल लगिएको हो । आइतबार होलिकोप्टरमा राखेर प्रसुतीगृह थापाथली पुर्‍याइएकी विमलाले शल्यक्रियामार्फत छोरालाई जन्म दिएकी छन् । 

सुत्केरी व्यथा लागेपछि विमलालाई शनिबार दिउँसो १ बजे प्राथमिक स्वास्थ्य केन्द्र ऐसेलुखर्कमा भर्ना गरिएको थियो । एउटा बच्चा जन्माए पनि दोस्रो बच्चा लामो समयसम्म नजन्मिँदा गर्भवतीको अवस्था नाजुक भएकाले राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गतको हवाई सेवाबाट अस्पताल पठाइएको प्राथमिक स्वास्थ्य केन्द्रकी सिअहेव निर्मला शर्माले बताइन् । 

जिल्ला अस्पतालको पत्रका आधारमा राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तरगतको हेलिकोप्टर व्यवस्थाका लागि जिल्ला प्रशासन कार्यालयले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, राष्ट्रपति महिला उत्थान कार्यक्रम समन्वय इकाई, सिंहदरबारलाई पत्र पठाएको थियो । प्रशासनले पठाएको पत्रका आधारमा राष्ट्रपति महिला उत्थान कार्यक्रम समन्वय इकाईले प्रसव वेदनाले छट्पटिरहेका गर्भवतीको उद्धारका लागि हेलिकोप्टर पठाएको थियो ।

'उहाँको गर्भमा जुम्ल्याहा बच्चा रहेछ । हिजो साँझ छोरी जन्माउनु भयो तर अर्को बच्चा जन्माउन सक्नु भएन,' सिअहेव शर्माले भनिन्, 'जन्मिएको बच्चालाई अक्सिजन कम भयो । लामो समयसम्म अर्को बच्चा जन्माउन नसक्दा उहाँलाई गाह्रो भयो । त्यही भएर काठमाडौं पठाइएको हो ।' 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक