१४ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रूसी आक्रमणको दुई महिनापछि युक्रेन पुगे अमेरिकी विदेशमन्त्री र रक्षामन्त्री

१२ बैशाख २०७९, सोमबार ०५:३५

वैशाख १२, किभ | रुससँगको यद्धबीच युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिनकेन र रक्षामन्त्री लोयड अस्टिनलाई राजधानी किभमा भेट गरेका छन् । रुसी सेनाविरुद्ध कडा प्रतिकार गर्न युक्रेनले अमेरिकासँग हतियार सहयोग मागिरहेका बेला ब्लिनकेन र अस्टिनसँग राष्ट्रपति जेलेन्स्कीले भेट गरेका हुन् । 

रुसी सेनाले पूर्वी बन्दरगाह सहर मारिअपोललाई कब्जा गरेको दाबी गरिरहेका बेला युक्रेनले रुसको प्रतिकार गर्न अमेरिकासँग शक्तिशाली हतियार मागिरहेको छ । 

जेलेन्स्की सरकारले रुससँग शान्ति वार्ताको पनि प्रस्ताव गरेको छ । मारिओपोलमा रहेको स्टिल कारखानामा वार्ता गर्न सरकारले रुसी पक्षलाई आह्वानसमेत गरेको छ । 

रुसी सेनाले निरन्तर गोलाबारी गर्दा केही युक्रेनी सेना र सर्वसाधारण नागरिकहरू सो सहरमा फसेको प्राप्त विवरणहरूमा जनाइएको छ ।  

भीषण युद्धका कारण मारिओपोलमा केही सातादेखि विद्युत, खाद्यन्न, पानीको अभाव छ । राष्ट्रपति जेलेन्स्कीका सहयोगीले प्रस्तावित वार्तालाई अजोभस्टल कारखानाको पर्खालको छेउमा आयोजना गर्न सकिने बताएका छन् । जेलेन्स्कीका सल्लाहकार मिखाइलो पोडोल्याकले भने, ‘रूसले मारिउपोल अजोभस्टालमा लगातार आक्रमण गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
उपत्यक ट्राफिक प्रहरीलाई ‘म्याजिक लाइट’ हस्तान्तरण थाइल्यान्ड–कम्बोडिया सीमा विवाद : चीनको मध्यस्थता प्रयास जसपा नेपाल र जसपाबीच एकता घोषणा नक्कली सुन दिएर पाँच लाख ठगी गर्ने गिरोह पक्राउ शान्तितर्फ युक्रेन–रुस वार्ता नजिकिएको ट्रम्पको दाबी नेकपाले सांसद र मन्त्री भइसकेकालाई समानुपातिक सूचीमा नराख्ने अधिकांश दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची आज पेस गर्दै राजनीतिमा आमूल परिवर्तन आउनुपर्छ : मन्त्री खरेल करेन्ट लागेर एक महिलाको मृत्यु डुबेर तीन वर्षीय बालकको निधन सुनको मूल्य सामान्य घट्यो वर्तमान अवस्थामा निर्वाचन नै उत्तम विकल्प हो : संयोजक दाहाल रास्वपाको केन्द्रीय समिति बैठक : सहमति अनुमोदन आइतबार एमाले सचिवालय बैठक निर्वाचनमा सहभागी हुने प्रमुख दलका शीर्ष नेताहरूको प्रतिबद्धता निर्वाचनलाई सफल बनाउन दलहरुसँग प्रधानमन्त्रीको आग्रह प्रधानमन्त्री कार्की र तीन शीष नेताबीच छलफल जारी जेनजी आन्दोलनमा फरार कैदीको भारतमा मृत्यु सरकारले नागरिकमा विश्वास र आशा जगाउने प्रयास गरेको छः गृहमन्त्री अर्याल जापानको टोकियो नजिकै सडक दुर्घटना, दर्जनौँ घाइते