२०८३, ७ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धनुषा - DNS

टिकट नपाएपछि धनुषामा दल बदल श्रृंखला, प्रवेश गरेको एक सातामै जानकीराम साहद्वारा एमाले परित्याग

२०७९, १२ बैशाख सोमबार ०८:००

वैशाख १२, जनकपुरधाम | धनुषामा पालिका प्रमुख टिकट नपाएपछि दल बदल खेल अझै जारी छ । जनकपुरधाम उपमहानगरको मेयरको टिकटको आश्वासन पाएर एक हप्ताअघि   एमाले प्रवेश गरेका जानकीराम साहले टिकट नपाएपछि पार्टी परित्याग गरेका छन् ।

एमालेले जनकपुरको मेयरमा शिवशंकर साह हिरालाई उम्मेदवार बनाएपछि जानकीराम साहले सोमबार एमाले परित्याग गरेको हुन् । उनी स्वतन्त्र वा तमलोपाबाट उम्मेदवारी दिने तयारीमा छन् । 

जनकपुर– ७ का वडाध्यक्षसमेत रहेका साहले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) परित्याग गरेका थिए ।  उनलाई एमाले अध्यक्ष केपी ओली आफ्नै निवासमा एमाले प्रवेश गराएका थिए।

त्यसैगरी,  कांग्रेसबाट विदेह नगरपालिकाको मेयरमा टिकट पाउने आशमा वरिष्ठ प्रहरी उपरीक्षकबाट राजीनामा दिएका गोविन्द साह टिकट नपाउने देखेपछि स्वतन्त्र उम्मेदवारी तिने तयारीमा छन् ।

जसपाबाट टिकट नपाउने देखेपछि गणेशमान सिंह चारनाथ नगरपालिका मेयर रामबाबु यादव लोसपामा प्रवेश गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पूर्वन्यायाधीश प्रधानको निधन, आज इजलास सञ्चालन नहुने सुनचाँदीको मुल्य बढ्यो यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक युवकको मृत्यु कक्षा ११ को पठनपाठन आगामी असार १ देखि दुर्गा प्रसाईलाई पक्राउ गर्नुको कारण पेस गर्न सर्वोच्चको आदेश विमानस्थलबाट ३७ थान राहदानीसहित एक जना पक्राउ हामी विरोध गरिरहन्छौँ, पाँचै वर्ष गर्छौँ: हर्कराज राई नेप्सेमा ३०.०८ अंकको वृद्धि निर्वाचनसम्बन्धी दुई विधेयक प्रस्तुत वैदेशिक रोजगारीको ठगी रोक्न प्रभावकारी रुपमा काम हुँदैछ : श्रममन्त्री यादव संसद्‌मा मर्यादित भएर प्रस्तुत हुन सभामुखको आग्रह श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ प्रतिनिधि सभाको बैठक शुरू सुनचाँदीको मूल्य घट्यो अब अनलाइन माध्यमबाटै प्रहरीमा उजुरी तथा गुनासो दर्ता गर्न सकिने यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु प्रधानन्यायाधीशको शपथ ६:१० बजे दुर्गा प्रसाईंविरुद्ध विद्युतीय कारोबार ऐन र राज्यविरुद्धको कसुरमा मुद्दा दर्ता मन्त्रीपरिषद बैठक सुरु