2026-09-08 08:41 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तालिबानद्वारा विश्वविद्यालयमा युवा–युवतीको पढाइका लागि छुट्टा–छुट्टै दिन निर्धारण

वैशाख १२, काठमाडौँ | अफगानिस्तानमा तालिबान शासनले काबुल युनिभर्सिटीमा युवा र युवतीको कक्षा कोठा सञ्चालनमा छुट्टा–छुट्टै दिन निर्धारण गरेको छ । तालिबानको नयाँ योजना अन्तर्गत शनिबार, सोमबार र बुधबार युवतीहरू युनिभर्सिटी जानेछन् र आइतबार, मंगलबार र बिहिबार युवाहरु पढ्न जानेछन् ।

तालिबानको शिक्षा मन्त्रालयका अनुसार आफूले युनिभर्सिटीमा यौन उत्पीडनको घटनालाई रोक्नका लागि यस्तो निर्णय लिएको हो । तर काबुल विश्वविद्यालयका थुप्रै शिक्षक र विद्यार्थीले बीबीसीसँगको कुराकानीमा तालिबानको नयाँ योजनालाई अनुचित बताएका छन् ।

तालिबानका शिक्षा मन्त्रालयका प्रवक्ता अहमद तकीले नयाँ योजनाले छात्राहरु र शिक्षकलाई शोध गर्नका लागि राम्रो अवसर पनि प्रदान गर्ने बताएका छन् । यद्यपि, काबुल विश्वविद्यालयका केही प्राध्यापकले नाम नबताउने शर्तमा तालिबानको यो निर्णयको पाठ्यक्रमसँग कुनै लेनदेन नभएको बताएको छ ।

अहमद तकीले यो आदेश काबुलका दुई विश्वविद्यालयमा लागू गरिएको जानकारी दिए । यद्यपि, यो योजना अन्य सरकारी विश्वविद्यालयमा पनि लागू गरिनेछ ।

पहिला किशोर–किशोरी दिनको भिन्न–भिन्न समयमा सरकारी विश्वविद्यालयमा जान्थे तर अहमद तकीले समयको अभावका कारण विद्यार्थीले राम्रोसँग पढ्न नपाएको पनि बताए ।

स्मरण रहोस्, तालिबान सरकार विश्वविद्यालयमा किशोर–किशोरीको सह–शिक्षाको विरोध गर्छ । यसै कारण उनीहरुले आफ्नो शासनको पहिलो महिनामा विश्वविद्यालय बन्द गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चिनीको मूल्य घट्न नसक्दा उपभोक्ता मर्कामा काँग्रेसले बुक गर्यो महाधिवेशनका लागि राष्ट्रिय सभा गृह प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा ठमेलबाट १० बङ्गलादेशी पक्राउ हामी राजनीति सिकाउन आएको, सिक्न आएको होइन : गृहमन्त्री गुरुङ जेनजी आन्दोलनलाई अपमान गर्नु ३ करोड नेपालीको अपमान हो : गृहमन्त्री गुरुङ भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग