प्रेम सुनार, भदौ–१५, गुल्मी । असार साउनभरी आएको अविरल वर्षाले बढिघाट खोलाको बाढि ईतिहाँसमै बढेर आए पछि त्यस खोला लाईनका सयौं रोपनी हरभरा खेतहरु यतिवेला सुख्खा बगरमा परिणत भएका छन् । Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...   प्रेम सुनार, भदौ–१५, गुल्मी । असार साउनभरी आएको अविरल वर्षाले बढिघाट खोलाको बाढि ईतिहाँसमै बढेर आए पछि त्यस खोला लाईनका सयौं रोपनी हरभरा खेतहरु यतिवेला सुख्खा बगरमा परिणत भएका छन् ।
२०८३, १६ जेष्ठ शनिबार
अर्थ/विकास

बाढिले बढिघाटको खेतलाई बगर बनायो

२०७३, १५ भाद्र बुधबार ०९:४१

  प्रेम सुनार, भदौ–१५, गुल्मी । असार साउनभरी आएको अविरल वर्षाले बढिघाट खोलाको बाढि ईतिहाँसमै बढेर आए पछि त्यस खोला लाईनका सयौं रोपनी हरभरा खेतहरु यतिवेला सुख्खा बगरमा परिणत भएका छन् । उल्लिी खोला देखि मजुवा, ईन्द्रगौंडा, भुवाचीदी र वामी टक्सार सम्मका सयौ रोपनी खेतहरु बगरमा परिणत हुँदा महीहरु  पुर्पुरोमा हात समाउने भएका छन् ।

  त्यसमाथी  खोला बसेको आफ्नै खेतको वालुवा पन्छाउन प्रहरी प्रशासनले रोक लगाए पछि उनिहरु चोट माथी चोट भएर आक्रोषित बनेका छन् । तुराङ्गका पुर्व गाविस अध्यक्ष एवं पुर्व जिल्ला विकास समितिका सदस्य चेतन बस्नेतले जनताले आफ्नै खेतमा पसेको वगर आफैले पन्छाउन नदिने यहाँको प्रहरी प्रशासन विरुद्ध कडा कदम चालिने चेतावनी दिए ।

   चोरकाटे, तल खैरेनी खाल्टीका सयौं रोपनी खेत पनि बगरमा परिणत भए पछि त्यहाँका जनता ठुलो मर्कामा परेको स्थानियवासी ज्ञानु खरेलले बताए ।  उनि सहित त्यस भेगका जनताहरु ठुलो मर्कामा परेका छन् र प्रहरी प्रशासनको रवैया विरुद्ध  आक्रोषित भएका छन् । स्थानिय विकास अधिकारी  डिलाराम पन्थीलााई उदृत गर्दै  स्थानिय समाज सेवीहरुले प्रमुख जिल्ला अधिकारीले नै त्यसो गर्न रोक लगाएको गुनासो गरे ।

   प्रम्ख जिल्ला अधिकारी उदयबहादुर रानालाई यसवारे सोध्धा उनले आफुले त्यस्तो कुनै रोक नलाएको प्रष्ट पारे । स्थानिय विकास अधिकारी पन्थीको ध्यानकृष्ट गराउँदा उनले  विपत अघिको निर्णय अनुसार ओसार पसार गर्न रोक लगाईएको र अब छिट्टै बैठक बसेर अर्को निर्णय गर्न लागिाएको जानकारी दिए। जिल्लाको माथील्लो निकायमा त्यस्तो खासै निर्देशन नभए पनि विशेष गरी मजुवा प्रहरी चौकीका केहि जवानहरुले स्थानियवासीलाई बढि दवाव दिने गरेको गुनासो गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी