प्रेम सुनार, भदौ–१५, गुल्मी । असार साउनभरी आएको अविरल वर्षाले बढिघाट खोलाको बाढि ईतिहाँसमै बढेर आए पछि त्यस खोला लाईनका सयौं रोपनी हरभरा खेतहरु यतिवेला सुख्खा बगरमा परिणत भएका छन् । Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...   प्रेम सुनार, भदौ–१५, गुल्मी । असार साउनभरी आएको अविरल वर्षाले बढिघाट खोलाको बाढि ईतिहाँसमै बढेर आए पछि त्यस खोला लाईनका सयौं रोपनी हरभरा खेतहरु यतिवेला सुख्खा बगरमा परिणत भएका छन् ।
2026-10-29 12:56 AM
अर्थ/विकास

बाढिले बढिघाटको खेतलाई बगर बनायो

  प्रेम सुनार, भदौ–१५, गुल्मी । असार साउनभरी आएको अविरल वर्षाले बढिघाट खोलाको बाढि ईतिहाँसमै बढेर आए पछि त्यस खोला लाईनका सयौं रोपनी हरभरा खेतहरु यतिवेला सुख्खा बगरमा परिणत भएका छन् । उल्लिी खोला देखि मजुवा, ईन्द्रगौंडा, भुवाचीदी र वामी टक्सार सम्मका सयौ रोपनी खेतहरु बगरमा परिणत हुँदा महीहरु  पुर्पुरोमा हात समाउने भएका छन् ।

  त्यसमाथी  खोला बसेको आफ्नै खेतको वालुवा पन्छाउन प्रहरी प्रशासनले रोक लगाए पछि उनिहरु चोट माथी चोट भएर आक्रोषित बनेका छन् । तुराङ्गका पुर्व गाविस अध्यक्ष एवं पुर्व जिल्ला विकास समितिका सदस्य चेतन बस्नेतले जनताले आफ्नै खेतमा पसेको वगर आफैले पन्छाउन नदिने यहाँको प्रहरी प्रशासन विरुद्ध कडा कदम चालिने चेतावनी दिए ।

   चोरकाटे, तल खैरेनी खाल्टीका सयौं रोपनी खेत पनि बगरमा परिणत भए पछि त्यहाँका जनता ठुलो मर्कामा परेको स्थानियवासी ज्ञानु खरेलले बताए ।  उनि सहित त्यस भेगका जनताहरु ठुलो मर्कामा परेका छन् र प्रहरी प्रशासनको रवैया विरुद्ध  आक्रोषित भएका छन् । स्थानिय विकास अधिकारी  डिलाराम पन्थीलााई उदृत गर्दै  स्थानिय समाज सेवीहरुले प्रमुख जिल्ला अधिकारीले नै त्यसो गर्न रोक लगाएको गुनासो गरे ।

   प्रम्ख जिल्ला अधिकारी उदयबहादुर रानालाई यसवारे सोध्धा उनले आफुले त्यस्तो कुनै रोक नलाएको प्रष्ट पारे । स्थानिय विकास अधिकारी पन्थीको ध्यानकृष्ट गराउँदा उनले  विपत अघिको निर्णय अनुसार ओसार पसार गर्न रोक लगाईएको र अब छिट्टै बैठक बसेर अर्को निर्णय गर्न लागिाएको जानकारी दिए। जिल्लाको माथील्लो निकायमा त्यस्तो खासै निर्देशन नभए पनि विशेष गरी मजुवा प्रहरी चौकीका केहि जवानहरुले स्थानियवासीलाई बढि दवाव दिने गरेको गुनासो गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने एनपीएल : पोखराले ६८ रनमा तीन विकेट गुमायाे, कुशल भुर्तेल आउट पर्यटन भिसामा नेपाल आएर स्वास्थ्य शिविर सञ्चालन गर्ने दश जना विदेशी नागरिक पक्राउ श्रीमानको कुटपिटबाट ४९ वर्षीया श्रीमतीको मृत्यु, श्रीमान पक्राउ देउवा समूहको काठमाडौँ जिल्ला अधिवेशन मङ्सिर २१ गते हुने एनपीएल: सुदूरपश्चिमले टस जित्यो, पोखराले पहिले ब्याटिङ गर्ने सेयर बजारमा उच्च अंकको वृद्धि देशको स्वाधीनता रक्षाका लागि आन्दोलनको विकल्प छैन : केपी शर्मा ओली पोखरामा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु ६ हजार शिक्षकको बढुवा पुनरवलोकन हुँदै जातीय विभेद र महिला हिंसा नियन्त्रणका लागि मन्त्री बादी र आईजीपी कार्कीबीच छलफल एसईई २०८४ का लागि परीक्षा आवेदन फारम खुल्यो भारी वर्षा र हिमपहिरोको जोखिम, उच्च हिमाली क्षेत्रमा नजान पर्यटकलाई आग्रह जलवायुजन्य विपद् न्यूनीकरणमा अन्तरिक्ष प्रविधि र क्षेत्रीय सहकार्य आवश्यक : मन्त्री श्रेष्ठ भारी वर्षाको जोखिमपछि स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कता अपनाउन निर्देशन सुर्खेतमा दाउरा प्रहारबाट एक जनाको मृत्यु, आरोपी पक्राउ सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको २ लाख ८३ हजार २०० रुपैयाँ यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य करेन्ट लागेर एकजनाको मृत्यु गगन थापाको आग्रह: नेताहरूको भीआईपी संस्कृति अन्त्य गरौँ