१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

दोस्राे कार्यकालका लागि मैदानमा उत्रिए अर्घाखाँचीका चार अनुहार

१३ बैशाख २०७९, मंगलवार ०२:५९

हरिप्रसाद भुसाल । वैशाख १३, अर्घाखाँची । अर्घाखाँचीमा स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दर्तासँगै चुनावी माहाेल तीव्र बनेको छ । सत्तापक्षीय गठबन्धन र नेकपा एमालेबीच मुख्य प्रतिस्पर्धा हुने देखिएकाे छ । 

६ वटा स्थानीय तह रहेको अर्घाखाँचीमा अघिल्लाे पटक नेतृत्व गरिसकेका चार जनप्रतिनिधि राजिनामा दिएर फेरि उम्मेदवार बनेका छन् ।


१. रेशम थापा : थापाले भूमिकास्थान नगरपालिका मेयरमा एमालेबाट उम्मेदवारी दिएका छन् । अघिल्लाे पटक कांग्रेसको सहयोगमा माओवादी केन्द्रबाट मेयर बनेका थापालाई यो पटक एमालेले उम्मेदवार बनाएकाे हाे । उनले यो पटक गठबन्धन पक्षबाट राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्यसमेत रहेका झविलाल थापाको सामना गर्नुपर्ने छ ।

२. अच्युत गौतम : पाणिनी गाउँपालिका अध्यक्ष बनिसकेका गाैतमले फेरि उम्मेदवारी दिएका छन् । कांग्रेसका जिल्ला सचिवसमेत रहेका गौतमले यो पटक एमालेका नेता टेकराज न्यौपानेसँग प्रतिस्पर्धा गर्नुपर्नेछ ।

३. टीका रेश्मी : शितगंगा नगरपालिका उपमेयर बनिसकेका रेश्मी नेकपा माओवादीबाट फेरि उपमेयरमा उम्मेदवार बनेका छन् । नेकपा माओवादी केन्द्रका तत्कालीन नेता टोपबहादुर रायमाझी, चन्द्रबहादुर खड्कासहितका नेताले एमाले रोज्दा रेश्मीलाई यो पटक माओवादी केन्द्रले पुन: टिकट दिएकाे हाे । गठबन्धनको साथ पाएका नेता रेश्मीले यो पटक नेकपा एमालेकी गीता भाटसँग प्रतिस्पर्धा गर्नुपर्ने छ ।

४. लक्ष्मी गौतम : एमालेबाट फाणिनी गाउँपालिकामा निर्वाचित भई एक कार्यकाल पूरा गरेकी गौगमले दोस्रो कार्यकालका लागि पनि पुन: उम्मेदवार बनेकी छन् । उनी अघिल्लाे  पटक एमालेबाट उपाध्यक्ष बनेकी थिइन् ।

तर, उनले बीचमा एमाले परित्याग गरी नेकपा एकीकृत समाजवादी हुँदै काँग्रेस प्रवेश गरेकी थिइन् । अहिले गौतमलाई कांग्रेसले दोस्रो कार्यकालका लागि उपाध्यक्षमा टिकट दिएको हो । गौतमले एमालेकी नेतृ नर्मदा पौडेलसँग प्रतिस्पर्धा गर्नुपर्नेछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार