२०८३, ७ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

मुगुका वडा अध्यक्षका दुई उम्मेदवारलाई हाजिर हुन मुख्य निर्वाचनको आदेश

२०७९, १४ बैशाख बुधबार ०९:०६

वैशाख १४, मुगु | वडा अध्यक्ष पदको लागि मनोनयन दर्ता गरेका मुगुका दुई उम्मेदवारलाई मुख्य निर्वाचन अधिकृतको कार्यालय मुगुले हाजिर हुन आदेश दिएको छ ।

३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा छायाँनाथ रारा नगरपालिकाका-५ को वडा अध्यक्ष पदको उम्मेदवार जनकबहादुर बुढा र सोही नगरपालिकाका-७ का वडा अध्यक्ष पदका उम्मेदवार श्यामबहादुर शाहीलाई यहि १५ वैशाखमा कार्यालयमा हाजिर हुन आदेश दिएकाे हाे ।  

छायाँनाथ रारा नगरपालिका-५ का वडा अध्यक्ष पदका उम्मेदवार बुढाले सार्वजानिक स्थलमा अभद्र व्यवहारका सम्बन्धमा उजुरी परेको हुँदा न्यायको लागि छायाँनाथ रारा नगरपालिका-५ कै देवेन्द्र रावलले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा दर्ता नम्बर १ मा उजुरी दिएको मुख्य निर्वाचन कार्यालय मुगुले जनाएको छ । 

यस्तै, ७ नम्बर वडाका अध्यक्षमा उम्मेदवारी दिएका श्यामबहादुर शाहीलाई अवैध काठ चोरी निकासी कसुरसम्बन्धी उच्च अदालत सुर्खेत जुम्लाबाट ३१ चैत २०७३ मा कसुर सजाए भएको भन्दै मुख्य निर्वाचनको अधिकृतको कार्यालयमा छायाँनाथ रारा नगरपालिका-७ का धमेन्द्र शाहीले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा दर्ता नम्बर १ मा उजुरी दिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय मुगुले जनाएको छ । 

मुख्य निर्वाचन कार्यालयका अनुसार उम्मेदवार विरुद्धमा दुवै उम्मेदवारलाई आफ्नो सफाई तथा सबुत प्रमाण साथ १५ वैशाख विहान १० बजे अधिकृतको कार्यालयमा उपस्थित हुन समेत आदेश गरेकाे मुख्य निर्वाचन अधिकृतको कार्यालय मुगुका प्रमुख पुण्यप्रसाद सापकोटाले जारी गरेकाे सूचनामा उल्लेख छ । 

उजुरी परेका ५ नम्बर वडाका अध्यक्ष पदका उम्मेदवार जनकबहादुर बुढा नेकपा एमालेबाट र ७ नम्बर वडाका अध्यक्ष पदका उम्मेदवार श्यामबहादुर शाही नेकपा एकीकृत समाजवादी पार्टीबाट उम्मेदवार गराई मनोनयन दर्ता गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पूर्वन्यायाधीश प्रधानको निधन, आज इजलास सञ्चालन नहुने सुनचाँदीको मुल्य बढ्यो यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक युवकको मृत्यु कक्षा ११ को पठनपाठन आगामी असार १ देखि दुर्गा प्रसाईलाई पक्राउ गर्नुको कारण पेस गर्न सर्वोच्चको आदेश विमानस्थलबाट ३७ थान राहदानीसहित एक जना पक्राउ हामी विरोध गरिरहन्छौँ, पाँचै वर्ष गर्छौँ: हर्कराज राई नेप्सेमा ३०.०८ अंकको वृद्धि निर्वाचनसम्बन्धी दुई विधेयक प्रस्तुत वैदेशिक रोजगारीको ठगी रोक्न प्रभावकारी रुपमा काम हुँदैछ : श्रममन्त्री यादव संसद्‌मा मर्यादित भएर प्रस्तुत हुन सभामुखको आग्रह श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ प्रतिनिधि सभाको बैठक शुरू सुनचाँदीको मूल्य घट्यो अब अनलाइन माध्यमबाटै प्रहरीमा उजुरी तथा गुनासो दर्ता गर्न सकिने यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु प्रधानन्यायाधीशको शपथ ६:१० बजे दुर्गा प्रसाईंविरुद्ध विद्युतीय कारोबार ऐन र राज्यविरुद्धको कसुरमा मुद्दा दर्ता मन्त्रीपरिषद बैठक सुरु