2026-10-26 02:45 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चिनियाँ नागरिक पाकिस्तानमा किन मारिँदैछन् र कसले मारिरहेको छ ?

वैशाख १५, काठमाडौँ | चीनले पाकिस्तानको कराँची शहरमा तीन चिनियाँ नागरिकको हत्यामा कडा प्रतिक्रिया दिँदै यसका लागि जिम्मेवार व्यक्तिहरुलाई कडा सजाय दिनुपर्ने धारणा व्यक्त गरेको छ ।

पाकिस्तानको कराँची युनिभर्सिटी कनफ्युशियस सेन्टरमा गत मंगलबार भएको आत्मघाती हमलामा तीन चिनियाँ शिक्षकको मृत्यु भएको छ । यो बिस्फोटमा एक पाकिस्तानी ड्राइभरको पनि मृत्यु भएको  र अन्य घाइते भएका छन् ।

पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफले चिनियाँ दूतावास पुगेर यो हमलामा मृत्यु हुने चिनियाा नागरिकप्रति समवेदना जताएको छ ।

यसअघि उनले ट्वीट गरेका थिए, ‘कराँचीमा चिनियाँ नागरिक र अन्यको मृत्युले मलाई गहिरो पीडा दिएको छ । पीडित परिवारप्रति मेरो हार्दिक समवेदना । म आतंकवादको यो कायरतापूर्ण कारवाहीको निन्दा गर्छु । दोषीलाई निश्चित रुपमा न्यायको कठघरामा ल्याइनेछ ।’हमलापछि पाकिस्तान स्थित चिनियाँ दूतावासले पाकिस्तान सरकारले चिनियाँ नागरिकमाथि पुनः यस्तो व्यवहार नहोस् भनेर सुनिश्चित गर्नुपर्ने बताएको छ ।

तर पाकिस्तानमा चिनियाँ नागरिकलाई निशाना बनाइएको यो पहिलो घटना भने होइन ।

– २६ अप्रिल, २०२२ मा कराँची आत्मघाती बम बिस्फोटमा तीन चिनियाँ नागरिकको मृत्यु

– १४ जुलाई, २०२१ मा खैबर पख्तुनख्वामा बम बिस्फोटमा १० चिनियाँ नागरिकको मृत्यु

– १४ जुलाई, २०२१ मा खैबर पख्तुनख्वामा बम बिस्फोटमा २६ चिनियाँ नागरिक घाइते भए ।

– २८ जुलाई, २०२१ मा कराँचीमा चिनियाँ नागरिकको गाडीमाथि गोली बर्साइयो ।

– ११ मे, २०१९ मा ग्वादरको पाँचतारे होटलमा चरमपन्थी हमला भयो जसमा चिनियाँ जनता बसेका थिए ।

– २३ नोभेम्बर, २०१८ मा चिनियाँ वाणिज्य दूतावासमा हमला, चार जनाको मृत्यु

– ११ अगस्ट, २०१८ मा दालबन्दिन, बलुचिस्तानमा भएको आत्मघातीमा तीन चिनियाँ इन्जिनियर घाइते भए

– फेब्रुअरी, २०१८ मा कराँचीमा दुई चिनियाँ नागरिकमाथि गोली चलाइयो, एक चिनियाँ नागरिकको टाउनकोमा गोली हानी हत्या

– मे, २०१७ मा क्वेटाबाट अपहरण गरेपछि चिनियाँ दम्पत्तिको हत्या

– जुलाई – २००७ मा पेशावरमा तीन चिनियाँ नागरिकको हत्या

कराँचीमा बम बिस्फोट कसरी भयो ?

पाकिस्तानमा चिनियाँ नागरिकलाई निशाना बनाइएका घटना पछिल्ला केही वर्षमा बढेको छ ।

मंगलबार कराँची विश्वविद्यालयको कन्फ्यूशियस सेन्टर बाहिर जुन आत्मघाती बम बिस्फोट गराइयो, त्यसमा तीन चिनियाँ शिक्षकको मृत्यु भएको छ ।

शिक्षकलाई लिएर जाँदै गरेको बस कन्फ्यूशियस सेन्टरतर्फ मोडिरहेको बेला उक्त हमला गरिएको हो ।

आत्मघाती बिस्फोटको सिसिटिभी फुटेज देखेपछि आत्मघाती हमलाकर्ता घटनास्थलमा पहिलेदेखि नै भएको र बस सेन्टरतर्फ मोड्नै लाग्दा महिलाले आफूलाई बिस्फोट गराइन् ।

यो बिस्फोटमा सेन्टरका नवनियुक्त निर्देशक एवं दुई शिक्षकको मृत्यु भएको छ । यसका साथै, भ्यानका पाकिस्तानी ड्राइभरको पनि बिस्फोटमा मृत्यु भयो ।

शारी बलोच उर्फ बरमशलाई बलोच लिबरेशन आर्मीकी आत्मघाती हमलाकर्ता बताइँदैछ ।

पाकिस्तानको पृथकतावादी संगठन बलूच लिबरेशन आर्मीकी मजिद ब्रिगेडले यो हमलाको जिम्मेवारी लिएको छ ।

संगठनका अनुसार यो हमलालाई शारी बलोच नामकी महिलाले गराएकी थिएन् र संगठनको तर्फबाट आत्मघाती बम बिस्फोट गराउने उनी नै पहिलो महिला थिइन् । बिबिसिबाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने