सलिम अन्सारी/भदौ १५, प्युठान । जिल्ला स्थित बिधुत प्राधिकरणका ग्राहकले समय मै बिधुत महसुल बुझाएका छैन्न । 

९० दिन काटिसकेका नेपाल बिधुत प्राधिकरण बितरण केन्द्र बिजुवार अन्तर्गतका ग्राहक र सरकारी कार्यालयले समय मै महसुल नबुझाएका हुन "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सलिम अन्सारी/भदौ १५, प्युठान । जिल्ला स्थित बिधुत प्राधिकरणका ग्राहकले समय मै बिधुत महसुल बुझाएका छैन्न । 

९० दिन काटिसकेका नेपाल बिधुत प्राधिकरण बितरण केन्द्र बिजुवार अन्तर्गतका ग्राहक र सरकारी कार्यालयले समय मै महसुल नबुझाएका हुन "/>

२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

प्युठान बिधुत प्राधिकरणमा झन्डै ५६ लाख बक्यौता

१५ भाद्र २०७३, बुधबार १३:११

सलिम अन्सारी/भदौ १५, प्युठान । जिल्ला स्थित बिधुत प्राधिकरणका ग्राहकले समय मै बिधुत महसुल बुझाएका छैन्न । 

९० दिन काटिसकेका नेपाल बिधुत प्राधिकरण बितरण केन्द्र बिजुवार अन्तर्गतका ग्राहक र सरकारी कार्यालयले समय मै महसुल नबुझाएका हुन । यस अन्तर्गतका ग्राहकबाट झन्डै ५५ लाख ६१ हजार ७ सय ६२ रुपैयां बिधुत महसुल उठ्न बांकी रहेको छ।यस्मा सबैभन्दा बढी जिल्ला स्वास्थ्य कार्यालय प्युठानको बक्यौता बांकी छ ।

जिल्ला स्वास्थ्य कार्यालय र यस मातहातका जिल्लाका विभिन्न गाउँ बिकास समितीमा रहेका इकाइ कार्यालयहरुले लामो समय देखि बिधुत महसुल नबुझाएको प्राधिकरण कार्यालयले बताएको छ।कार्यालयले दिएको जानकारी अनुसार जिल्ला स्वास्थ्य कार्यालयले १३ लाख ७९ हजार रुपैया महसुल बुझाउन बांकी रहेको छ । 

अन्य सरकारी कार्यालयको हकमा भने अधिकाशं कार्यालयले अगृम रुपमा महसुल बुझाएकाले बक्यौता बांकी नरहेको कार्यालय श्रोतले बताएको छ।"एड्भान्स रकममा उल्टै हामिले चुक्ता गर्नुपर्ने देखिएको छ । "कार्यालय श्रोतले भन्यो ।

जिल्ला स्वास्थ्य कार्यालय प्युठानका प्रमुख दधिकृष्ण शाहले स्वास्थ्य बिभागबाट बिधुतका लागि प्राप्त हुने रकम  अपुग हुँदा महसुल भुक्तानी दिन नसकिएको बताए।बिभागबाट निकासा हुने रकम प्रयाप्त नहंदा र अस्पतालमा बिधुतको खपत बढी हुने कारणले यो रकम रहन गएको हो । उनले भने " तिर्दै नतिरेको भने होइन,आए जति रकम त बुझाएकै छौं नि ।"

नेपाल बिधुत प्राधिकरण बितरण केन्द्र प्युठानमा १६ हजार ३ सय २ जना ग्राहक छन । 

उर्जा मन्त्रालयको निर्देशन पश्चात् बक्यौता रकम असुल गर्न थालिएको नेपाल बिधुत प्राधिकरण बिजुवार केन्द्रका प्रमुख कृष्णहरि दाहालले जानकारि दिए । महसुल तिर्न बांकी रहेका ग्राहकलाइ समय मै बिधुत महसुल बुझाउन आउन भनी पत्र काटिएको दाहालले बताए । 

महसुल बुझाउन सरकारी कार्यालयलाइ भने १ हप्ता समय दिने प्राबधान रहेको उनले बताए।जिल्लामा समय मै महसुल नतिरेका १७ जना ग्राहकको बिधुत लाइन काटिएको छ।उनिहरुलाइ कालोसुचिमा राखिएको बितरण कार्यालय प्रमुख दाहालले जानकारी दिए ।

कालोसुचिमा पर्ने र लाइन काटिएका ग्राहकहरुबाट मात्र गरि जम्मा २ लाख ५० हजार रुपैयां भन्दा धेरै बिधुत महसुल उठ्न बांकी रहेको उनले बताए।प्युठान जिल्लामा हाल ३ मेगावाट बिधुत आपुर्ती भैरहेको कार्यालयले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ