2026-09-08 05:43 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

कांग्रेस मुगुका उपसभापतिकै जन्मगाउँको वडा अध्यक्षमा बागी उम्मेदवार

 वैशाख १७, मुगु | नेपाली कांग्रेस मुगुका उपसभापति हरिजंग शाहीको गृह वडामै वडा अध्यक्षको बागी उम्मेदवारी परेको छ । छायानाथ रारा नगरपालिका–७ टोप्ला गाउँको वडा अध्यक्षका उम्मेदवार गगन शाहीविरुद्व सोही वडाका बहालवाला वडा सभापति धर्मेन्द्र शाहीले वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।

 नेपाली कांग्रेसको केन्द्रीय निर्देशनअनुसार स्वतन्त्र रुपमा उम्मेदवारी दिने व्यक्तिलाई उम्मेदवारी फिर्ता लिन भने पनि वडा नम्बर ७ का वडा अध्यक्ष पदका उम्मेदवार शाहीले निर्देशन मानेका छैनन् । यहाँ पार्टीले गगनबहादुर शाहीलाई वडा अध्यक्षको टिकट दिएको थियो । 

स्वतन्त्र रुपमा वडा अध्यक्षमा उम्मेदवारी दिएका शाहीले राजीनामा पत्र जारी गर्दै भनेका छन्, ‘नेपाली कांग्रेस पार्टीमा गरेको त्याग तपस्या, परम्परालाई निरन्तरता दिँदा पनि पार्टीको सिद्धान्तअनुसार आफूमाथि कुनै पनि न्याय नभएको हुँदा १६ वैशाखदेखि लागु हुने गरी पार्टीको सामान्य सदस्यबाट समेत राजीनामा दिएको छु ।’ 

मुगुका वडा नम्बर ५, ७, १० र ११ मा नेपाली कांग्रेसका उम्मेदवारविरुद्ध बागी परेको कांग्रेस मुगुका एक नेताले बताए । यसले औपचारिक उम्मेदवारलाई धक्का पुग्ने उनको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो भोटेकोसी बाढीको १३औँ दिन राष्ट्रिय शोक, झण्डा आधा झुकाइयो भोटेकोशी बाढीले रसुवाको पूर्वाधारमा ठूलो क्षति, आठ जलविद्युत् आयोजना पूर्ण प्रभावित