२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भक्तपुर - BKT

कांग्रेस पार्टी धोकेबाज भएकाले अब जनताले सजाय दिनुपर्छ : राप्रपा

१७ बैशाख २०७९, शनिबार १२:०२

वैशाख १७, भक्तपुर | राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरूले नेपाली कांग्रेस पार्टी धोकेबाज भएकाले अब जनताले भोट नदिएर सजाय दिनुपर्ने बताएका छन् । 

राप्रपा जिल्ला समिति भक्तपुरले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा स्थानीय निर्वाचनमा भक्तपुरको चाँंगुनारायण नगरपालिका क्षेत्रमा कांग्रेसले राप्रपालाई सहयोग गर्ने लिखित सहमति भएर पनि अहिले सहमति भंग गरी धोका दिएको जनाइएको छ ।

१४ मंसिर ०७६ मा सम्पन्न प्रदेश सभा उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार कृष्णलाल भडेँललाई राप्रपाले सहयोग गरेको र उक्त सहयोग गरेबापत चाँगुनारायण नगरपालिकामा राप्रपाले नगर प्रमुखसहित चार वडा र नेपाली कांग्रेसलाई उपप्रमुखसहित पाँच वडा बाँडफाँट गरी निर्वाचनमा सहभागी गराउने लिखित सहमति भएको थियो । ८ मंसिर ०७६ मा दुई पार्टीबीच भएको सहमतिलाई नेपाली कांग्रेसले एकतर्फी भंग गरेको राप्रपाको आरोप छ ।

 राप्रपाले सहमतिपत्र पनि सार्वजनिक गरेको छ। सहमतिपत्रमा दुवै दलका केन्द्रीय प्रतिनिधिसहित सात जनाले हस्ताक्षर गरेका छन् । नेपाली कांग्रेसकोतर्फबाट उपसभापति विमलेन्द्र निधि र राप्रपाकोबाट उच्चस्तरीय कार्यसम्पादन समिति सदस्य हरिबहादुर बस्नेतलगायतले हस्ताक्षर गरेका छन् ।

 राप्रपा केन्द्रीय सदस्य दिनेश श्रेष्ठले सो सहमति कार्यान्वयनका लागि जिल्ला र केन्द्रीय तहमा समेत छलफल भए पनि त्यसको कार्यान्वयन जिल्ला तहबाटै नभएको बताए । उनले ती सहमतिलाई राप्रपाले अक्षरश पालना गरेको तर कांग्रेसले सबै बँुदा पालना नगरेको समेत बताए । उनले चाँगुनारायण नगरपालिकामा राप्रपाले सहयोग नगरेको भए तत्कालिन समयमा कांग्रेसका भडेँल जित्नै नसक्ने ठोकुवा गरे ।

राप्रपा पार्टी भक्तपुरका जिल्ला अध्यक्ष रामशरण लामिछानेले राप्रपाले कांग्रेसमाथि गरेको लगनीको ब्याजसहित तिर्नुपर्ने बेलामा दिएको धोखाले कांग्रेसलाई नै हानी पुग्ने बताए । उनले पार्टीले धोका दिए पनि कांग्रेस समर्थक मतदाताहरूले धोका नदिने दाबी गरे ।

कार्यक्रममा राप्रपाका सहमहामन्त्री एवं चाँगुनारायण नगरपालिकाका मेयरका उम्मेदवार रवीन्द्रप्रताप शाहले कांग्रेसको नियतमा खोट रहेको बताए । कांग्रेसले धोखा दिए पनि जनताले भने सहयोग गर्ने विश्वास व्यक्त गरे । उनले सो सहमति पार्टीले भंग गरेकोले कांग्रेस कार्यकता र समर्थकहरूलाई सहमतिपत्र देखाएर धोका दिने कांग्रेसलाई मत नदिएर सहयोग गर्न आग्रह गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ