२०८३, २० बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दोस्रो विश्वयुद्धको क्षतिपूर्ति दाबीको विषयमा जर्मनीद्वारा इटलीविरुद्ध राष्ट्रसङ्घीय अदालतमा मुद्दा

२०७९, १८ बैशाख आईतवार १२:०७

वैशाख १८, काठमाडौं | दोस्रो विश्वयुद्धकालीन समयमा भएका युद्ध अपराधमा इटलीभित्रै भएका क्षतिपूर्ति दाबीका विषयमा जर्मनीले इटलीविरुद्ध संयुक्त राष्ट्रसङ्घको अदालतमा मुद्दा दायर गरेको छ।

इन्टर्न्याश्नल कोर्ट अफ जस्टिश आईसीजेमा दायर गरिएको निवेदनमा जर्मनीले सन् २०१२ को फैसलाविपरीत इटलीले आफ्ना अदालतमा दोस्रो विश्वयुद्धकालीन मुद्दाहरू दायर गर्न दिइरहेको आरोप लगाएको छ।

सन् २०१२ को फैसलायता २५ वटा नयाँ मुद्दाहरू इटलीमा दायर भएका छन्।त्यसमध्ये केहीमा अदालतले जर्मनीले क्षतिपूर्ति दिनुपर्ने आदेश दिएको थियो।बर्लिनले हाल चलिरहेका दुईवटा मुद्दाहरूका कारण रोममा रहेका जर्मनीका सम्पत्ति जफत भएर क्षतिपूर्ति तिराइन सक्ने भएकाले उजुरी दर्ता गरिएको जनाएको छ।

कसरी विवाद सुरु भयो

इटलीको अदालतले आगामी मे २५ मा केही भवनहरू ब्रिकी गर्न बाध्य पार्ने या नपार्ने फैसला गर्ने भनेको छ।ती भवनहरूमा जर्मनीका सांस्कृतिक, ऐतिहासिक र शैक्षिक संस्थाहरू छन्।सन् २००८ मा इटलीको सर्वोच्च अदालतले जर्मन फौजहरूले सन् १९४४ मा टसकनीमा हत्या गरेका २०३ मध्ये नो जनाको परिवारलाई करिब १० लाख युरो क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने आदेश दिएपछि विवाद सुरु भएको हो।

जर्मनीले दोस्रो विश्वयुद्ध अन्त्य भएयता त्यसबाट प्रभावित देशहरूलाई आफूले अर्बौँ युरो उपलब्ध गराइसकेको तर्क गर्ने गरेको छ।

उसको निवेदनमा सन् २०१२ को आईसीजेको आदेशलाई उद्धृत गरिएको छ जसमा त्यस्ता क्षतिपूर्तिको दाबीलाई अदालतमा प्रवेश गर्न दिएर इटलीले 'सङ्घीय गणतन्त्र जर्मनीले अन्तर्राष्ट्रिय कानुन अनुसार प्राप्त गर्ने उन्मुक्तिलाई सम्मान गर्नुपर्ने दायित्वलाई उल्लङ्घन गरेको' लेखिएको छ।

आईसीजेलाई यस्ता आदेशहरू दिन वर्षौँ लाग्न सक्छ।तर जर्मनीले उक्त अदालतलाई आफ्नो मुद्दा विचाराधीन रहेको अवस्थामा इटलीलाई कुनै पनि सम्पत्तिलाई लिलाम गर्नबाट रोक्न कदम चाल्न अनुरोध गरेको छ।नेदरल्याण्डको द हेगमा अवस्थित आईसीजे संयुक्त राष्ट्रसङ्घको मूल न्यायिक निकाय हो जसको एउटा प्रमुख जिम्मेवारी देशहरूका बीचमा आइपर्ने कानुनी विवादको समाधान हो।बिबिसिबाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इजरायलका लागि जासुसी गरेको आरोपमा दुई जनालाई मृत्युदण्ड सबैलाई समेटेर लिएर जाने कुराको मैले थप त्यसमा काम गर्छु: गगन थापा सुकुम्बासीहरुको उचित व्यवस्थापन नगरी जवरजस्ती हटाउने काम गरिएको भन्दै माइतीघरमा युवाको प्रदर्शन प्रहरी भवनको जग खन्दा ८६ थान बम भेटियो तीन दशक पुराना विद्यार्थीलाई पनि मौका परीक्षा दिने तयारी मृगौलाको पत्थरीको अप्रेशन गर्दा बिरामीको मृत्यु, लापरबाही भन्दै प्रदर्शन रास्वपाले बोलायो सचिवालय बैठक बालाजु र माछापोखरी क्षेत्रको सुकुम्बासी बस्तीमा डोजर सुकुमबासी बस्तीलाई पर्याप्त सूचना र समय दिइएन: प्रदीप पौडेल रोकिराखेको ट्रकमा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते रोल्पा जीप दुर्घटनामा मृतकप्रति राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा श्रद्धाञ्जली व्यक्त स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो