2026-10-26 01:33 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

युद्ध रोक्ने राष्ट्रसंघको पहल सफलता उन्मुख, रूसले गर्‍यो महत्वपूर्ण निर्णय

वैशाख १९, काठमाडौँ | रुस र युक्रेनबीच युद्ध जारी छ । अमेरिका र युरोपेली मुलुकले प्रतिबन्ध लगाएपछि पनि रुसले युक्रेनमाथि आक्रमण रोकेको छैन । यसैबीच, संयुक्त राष्ट्र संघको पहलले काम गरिरहेको देखिन्छ।

वास्तवमा हजारौं मानिस युक्रेनी सहर मारिउपोल नजिकैको स्टिल प्लान्टमा केही दिनदेखि फसेका थिए, त्यसपछि संयुक्त राष्ट्रका प्रमुख एन्टोनियो गुटेर्रेसले पुटिनसँगको भेटमा मारियुपोलमा आक्रमण रोक्न र फसेका मानिसहरूलाई उद्धार गर्न मद्दत गर्न अपिल गरेका थिए।

रुसी राष्ट्रपति पुटिनमाथि संयुक्त राष्ट्रसंघका महासचिवको अपीलको अहिले प्रभाव परेको देखिन्छ । संयुक्त राष्ट्रसंघको निगरानीमा मारिउपोल प्लान्टमा फसेका मानिसलाई बाहिर निकाल्ने काम सुरु भएको छ ।

आइतबार एक सय जनाको पहिलो समूहलाई युद्धक्षेत्रबाट बाहिर निकालिएको छ । युक्रेनी राष्ट्रपति कार्यालयका प्रमुख आन्द्रे यर्माकले उद्धार गरिएकामा महिला, बालबालिका र वृद्धवृद्धा रहेको बताएका छन् । तीमध्ये अधिकांश अजोभ्स्तल प्लान्टमा फसेका थिए।

उद्धार कार्य सुरु भएपछि अब यसको श्रेय लिने प्रतिस्पर्धा पनि सुरु भएको छ । एकातिर युक्रेनको राष्ट्रपति कार्यालयसँग सम्बद्ध अधिकारीहरूले सामाजिक सञ्जालमा यो अभियानको जानकारी लगातार पोस्ट गरिरहेका छन् भने अर्कोतर्फ रुसको रक्षा बलले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई श्रेय दिन थालेको छ । रुसको रक्षा बलले आइतवार ढिलो एउटा पोस्टर जारी गर्दै पुटिनलाई स्टिल प्लान्टबाट नागरिकहरूलाई मुक्त गरेकोमा धन्यवाद दियो।

अजोभ्स्तल स्टिल प्लान्ट युक्रेनको मारियुपोलको अन्तिम किल्ला हो, जुन अहिलेसम्म रुसी सेनाले कब्जा गरेको छैन। करिब २ हजार युक्रेनी लडाकुसँगै १ हजार सर्वसाधारण पनि यहाँ फसेका छन् । जानकारी अनुसार मारिउपोलका विभिन्न क्षेत्रमा करिब १ लाख मानिस फसेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने