2026-10-26 01:32 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रुसी विदेशमन्त्रीले हिटलरको जरा यहुदी भनेपछि रुसविरुद्ध उर्लियो इजरायल

वैशाख २०, काठमाडाैं | इजरायलले सोमबार रुसी विदेशमन्त्री सर्गेई लाभरोभले नाजी नेता एडोल्फ हिटलरको यहुदी जरा रहेको भन्ने किसिमले गरेको टिप्पणीको निन्दा गरेको छ। यति मात्रै नभएर इजरायलका लागि रुसी राजदूतलाई इजरायलका विदेशमन्त्री यायर ल्यापिडले ‘कडा वार्ता’का लागि बोलाएका छन् ।

ल्यापिडले वाईनेट समाचार वेबसाइटलाई भनेका छन्, ‘यो एक अक्षम्य, निन्दनीय कथन हो, एक भयानक ऐतिहासिक गल्ती हो, र हामी माफीको अपेक्षा गर्दछौँ।’

रुसले युक्रेनमाथि गरेको आक्रमणलाई राष्ट्रपति भ्लादिमिर पुटिनले  असैनिकीकरण गर्नका लागि भएको विशेष सैन्य अभियान भनेको छ ।लाभरोभको टिप्पणीलाई वास्तविक नाजीवादका पीडितहरूका लागि अपमान र गहिरो प्रहार भएको बताउँदै प्रलयमा मारिएका ६० लाख यहुदीहरूको सम्झनामा रहेको इजरायलको स्मारक याड वासेमका अध्यक्ष ड्यानी दयानले रुसी विदेशमन्त्रीले षडयन्त्र सिद्धान्त फैलाइरहेको बताएका छन् ।

लाभ्रोभले एक इटालियन दोभाषेलाई भनेका थिए, ‘यदि उनीहरूले हामी यहुदी हौँ र यो कस्तो प्रकारको नाजिफिकेसन हो भन्छन् भने, मलाई लाग्छ कि हिटलरको पनि यहुदी मूल थियो, त्यसैले यसको कुनै मतलब छैन।’

‘लामो समयदेखि हामीले बुद्धिमान् यहुदीहरूले भनेको सुन्दै आएका छौं कि सबैभन्दा ठूलो एन्टि-सेन्मिट (यहुदी विरोधी)हरू यहुदीहरू आफैँ हुन्,’ उनले थपे।

इजरायलले रुस र युक्रेनबीच तटस्थ स्थिति खडा गर्न खोजेको बेला यस टिप्पणीले दुई देशबीचको सम्बन्धमा ठूलो गिरावट ल्याउन सक्ने विदेशी मामिलाका जानकारहरूको भनाइ छ ।

लाभरोभको टिप्पणीको निन्दा गर्दै, युक्रेनी राष्ट्रपतिका सल्लाहकार मिखाइलो पोडोल्याकले ट्विट गर्दै भनेका छन्,’इतिहास पुनस लेख्ने प्रयास गरेर, मस्कोले युक्रेनीहरूको सामूहिक हत्यालाई जायज ठहराउन तर्कहरू खोजिरहेको छ।’

दोस्रो विश्वयुद्धमा करिब २ करोड ७० लाख नागरिक मारिएको सहने सोभियत सङ्घले नाजी जर्मनीलाई पराजित गर्न मद्दत गरेको थियो । मस्कोले आफूलाई मुक्तिदाताको रूपमा चित्रण गर्ने प्रयास गरेको कुरा समेत यसले सङ्केत गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने