भदौ १६, काठमाडौं । साँस्कृतिक युवा समूहले राजधानीमा वुधाबार आयोज"/>
भदौ १६, काठमाडौं । साँस्कृतिक युवा समूहले राजधानीमा वुधाबार आयोज"/>
भदौ १६, काठमाडौं । साँस्कृतिक युवा समूहले राजधानीमा वुधाबार आयोजना गरेको तीज विशेष कार्यक्रममा कृषि राज्यमन्त्री राधिका तामाङबाट सामाजिक सचेतना कार्यक्रमका युवा अभियान्ता भीम लामा र राष्ट्रिय जुडो खेलाडी फुपु ल्हमु खत्रीलाई सम्मान गरेको छ । सामाजिक क्षेत्रमा क्रियाशिल तथा लागुऔषध दूव्र्यसनी, महिला बेचविखन, जातीय उत्पीडन र छुवाछुत विरूद्ध अभियानमा संलाग्न रहि समतामूलक समाज निर्माणमा लागि परेकोको सञ्चारकर्मी तथा सामाजिक युवा अभियान्त भीम लामालाई सम्मान गरिएको हो । त्यस्तै खेलकुद क्षेत्रबाट राष्ट्रको नाम चिनाउन सफल भएकी जुडो खेलाडी फुपु ल्हमु खत्री भारतको सिलोङमा सम्पन्न भएको १२ औं साग खेलमा स्वर्णपदक हासिल गरेर राष्ट्र र समाजलाई योगदान पु¥याएकोमा सम्मान गरेको हो । सम्मानमा फोहोमैला व्यवस्थापनबाट सरसफाईमा विशेष योगदान तथा स्वरोजगार सिर्जना गरि युवा रोजगारी बनाउन सफल समाजसेवी बबरमान तामाङलाई पनि सम्मान गरिएको छ । भूकम्प पीडित महिला तथा बालबालिकालाई निःशुल्क दर खुवाएर कार्यक्रम सञ्चालन भएको थियो । कार्यक्रमका प्रमुख अतिथि मन्त्री राधिका तामाङले नेपाली कला र संस्कृतिलाई जर्गेना गर्न सबै लाग्नु पर्ने बताउनु भयो । चाँडपर्वलाई पहिचानको रूपमा मनाउनु पर्ने उल्लेख गर्दै तीजमा भएको विकृतिलाई रोक्न सबैलाई आग्रह गर्नुभयो । कार्यक्रममा साँसद रामेश्वर फुयाँल, गुड्स हेण्ड नेपालका अध्यक्ष दावा लामा ह्योल्मो , सुर्वण वैद्य र विष्णु विक्रम खत्रि विशेष अतिथि रहनुभएको थियो भने विभिन्न कलाकारहरुको समेत प्रस्तुती तथा सहभागी रहेको थियो । कार्यक्रमका अध्यक्ष वेचन लामाले कार्यक्रमलाई समान गर्नुभएको थियो । कोशी प्रदेश
मधेस प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश
युवा अभियान्ता लामा र जुडो खेलाडी खत्री सम्मानित
प्रतिक्रिया दिनुहोस्
लोकप्रिय समाचार
मुख्य समाचार