2026-06-16 11:13 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विमानस्थलमा तहल्का मच्चाउने फोन कहाँबाट ? यसरी पक्राउ पर्न सक्छ गलत सूचना दिने व्यक्ति !

वैशाख २१, काठमाडौं । बुधबार बिहान ९:४० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको टेलिफानमा ‘सलाम वालेकुम’ भन्दै एउटा फोन कल आयो । फोनमा विमानस्थलको आन्तरिक टर्मिनलमा सात वटा बम रहेको जानकारी दिइएको थियो । त्यसपछि बिमानस्थलमा तहल्का मच्चियो । बिमान उडान तथा अवतरण स्थगित भए । बिमानस्थलमा बिभिन्न गन्तव्यमा पुग्न भनि गएकाहरु खबर पाएसँगै बिमानस्थल सुरक्षित स्थानतिर गए । 

पहिलो पटक बमको बारेमा सूचना आउँदा टर्मिनल ड्यूटी अफिसर (टीडीओ) ले नपत्याए पनि फेरि अर्को नम्बरबाट फोन आएपछि विमानस्थल प्रशासन जानकारी भयो र बिमानस्थल अधिकारीहरुले सर्च अप्रेशन चलाउने निर्णय लिए ।

त्यस लगत्तै प्रशासनले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागलाई जानकारी गरायो । तत्काल तालिम प्राप्त कुकुर र नेपाली सेनाको बम डिस्पोजल टोली बोलाएर सर्च अपरेशन भयो, तर विमानस्थलमा कुनै पनि शंकास्पद वस्तु भेटिएन । त्यसपछि झन्डै एक घण्टापछि स्थगित विमानस्थल सुचारू भयो । तर कसले फोन गरेर गलत सूचना दिए भन्नेबारे अझै अज्ञात अवस्था छ । 

गलत सूचना दिएको बिषयमा नेपाल प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयको नेतृत्वले अनुसन्धान सुरु गरेको छ । प्रहरीका अनुसार विमानस्थलको फोन गर्ने व्यक्तिले 'डिंगटोन' नामको मोबाइल एप्लिकेशन प्रयोग गरेको बताइएको छ । फोन गर्नेले नेपालीमै बोलेर बिमानस्थललाई सूचना दिएका थिए । 

उक्त एप प्रयोग गरेर अष्ट्रेलिया र मलेसियाको नम्बर देखिने गरी फोन गरिएको प्रहरीले जनाएको छ । 

उक्त एप चलाउनको लागि आफूले प्रयोग गरेको सिम लिंक गर्नुपर्ने सिस्टम छ । जसरी फेसबुक चलाउँदा फोन भेरिफाइ हुन्छ, त्यसै गरि यो एप चलाउन पनि सुरुवातमा आफ्नो रियल फोन नम्बर लिंक गर्नुपर्ने हुन्छ । फोन लिंक गर्दा एपले कोड पठाउँछ र त्यसलाई एपमा हानेपछि मात्र एप सूचारू हुन्छ । एप सूचारू भए पछि मात्र एपले अर्को फोन नम्बर दिन्छ । योबारे सम्पूर्ण जानकारी लिन एपकै डेभलपरसँग जानकारी लिनुपर्ने हुन्छ । एप निर्माताको जानकारीमा उल्लेख छ 'एप चलाउनेले फेक फोन नम्बर प्रयोग गरेर फोन गर्न सक्छन् । जस मार्फत अमेरिका, क्यानडा, युके, बेल्जियम, नेदरल्याण्ड, अस्ट्रेलिया, फ्रान्स, स्वीडेन, मौरिसस, पोल्याण्ड, अष्ट्रिया, इन्डोनेसिया, चेक रिपब्लिक, मलेसिया, डेनमार्क, र रोमानियाको नक्कली फोन नम्बर प्रयोग गरेर विश्वभर फोन गर्न सकिन्छ ।' 


एपको माध्यमबाट आएको फोन भएको कारण कसले फोन गरेको भन्नेबारे जानकारी लिन नेपाल प्रहरीलाई सहज भने छैन । नेपालकै सिमलाई उक्त एपमा कनेक्ट गरेर एप चलाएको भए अनुसन्धानमा सहज हुन सक्छ । बिदेशी फोन नम्बर कनेक्ट भएको भए असहज हुन सक्छ । अनुसन्धानमा खटिनेहरुले एपको डेभलपर कम्पनीसँग कुरा गरेर बिमानस्थलमा फोन गर्नेको नम्बरलाई आधार मानेर उसले कनेक्ट गरेको सक्कली नम्बर पत्ता लगाउन सकिने सम्भावना छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
११ वर्षअघि एक व्यक्तिको अपहरण पछि हत्या गरी फरार रहेका दुई जना पक्राउ हामी बजेट त बनाउँछौँ, तर खर्च गर्न सक्दैनौँ : हर्कराज राई चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु घरको छतबाट खसेर एक जनाको मृत्यु प्रतिनिधिसभाको बैठक सुरु सुनको मूल्य बढ्दा घट्यो चाँदीको मूल्य राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ