2026-07-01 04:43 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सामूहिक बलात्कारमा परेकी १३ वर्षीया बालिका पुलिस स्टेशनभित्र पुनः बलात्कृत

वैशाख २१, काठमाडौँ | एजेन्सी | भारतको उत्तर प्रदेशकी एक १३ वर्षकी दलित बालिका गाउँकै चारजना युवकको सामूहिक बलात्कारमा परेकी किशोरी पुलिस स्टेशनभित्र पुनः बलात्कृत भएकी छिन् । 

भारतको उत्तर प्रदेशको ललितपुरको स्टेशन अफिसर (एसओ) माथि १३ वर्षकी दलित बालिकामाथि थानाभित्रै बलात्कारको आरोप लागेको छ ।सामूहिक बलात्कारपछि ललितपुरको थाना पाली पुगेकी ती बालिकालाई त्यहाँका एसओले पुनः बलात्कार गरेको बीबीसीले जानकारी दिएको छ । घटनामा प्रहरीले बालिकाकी काकीसमेत तीनजना अभियुक्तलाई पक्राउ गरेको छ । ललितपुरका एसपीका अनुसार अभियुक्त एसओ तिलकधारी सरोज फरार छन् । प्रहरीले उनलाई पक्राउ गर्न हरसम्भव प्रयास गरिरहेको उनले जानकारी दिएका छन् ।

एफआइआरमा के छ ?

यो घटनाको एफआइआर ३ अप्रिल दिउँसो दुई बजे दर्ता गरिएको छ । यसमा बलात्कारको आरोप लगाइएको छ । गाउँका चारजना युवक चन्दन, राजभान, हरिशंकर, महेन्द्र चौरासिया, बालिकाकी काकी र पाली थानाका एसओ तिलकधारी सरोजको नाम लेखिएको छ । अभियुक्तमाथि २२ अप्रिलमा बालिकालाई फकाई गरी, लुकाएर भोपाल ल्याएर तीनदिनसम्म लगातार बलात्कार गरेको आरोप छ ।

गत अप्रिल २६ मा यी चारै जनाले बालिकालाई पाली प्रहरी चौकी नजिकै छाडेर भागेको पनि आरोप छ । एफआइआरका अनुसार इन्स्पेक्टरले ती बालिकालाई उनकी काकीलाई सुम्पेका थिए । उनले पनि उनलाई भगाएर लिएर जाने चन्दनकी बहिनीलाई दुई दिनका लागि सुम्पिएकी थिइन् ।

एफआइआरमा लेखिए अनुसार बालिकालाई २७ अप्रिलमा बयानका लागि बोलाइयो र बेलुका हुने बित्तिकै उनकी काकीले बालिकालाई थाना अध्यक्ष तिलकधारी सरोज भएठाउँ लिएर गइन् । बालिकालाई कोठामा लगेर दृष्कर्म गरियो ।

त्यसपछि बालिकालाई उनकी काकीलाई पुनः सुम्पिइयो । एफआइआरका अनुसार यो घटनाको कुनै पनि जानकारी बालिकाका आमा–बुवालाई दिइएन । २० अप्रिलमा जब बालिकालाई पुनः थाना ल्याइयो र उनलाई एनजिओ चाइल्डलाइनलाई सुम्पिइयो त्यसपछि काउन्सिलिङमा बालिकाले सबै कुरा बताइन् ।

दारोगाको गिरफ्तारीका लागि बनाइएको समूहले यस घटनाबारे थप जानकारी दिँदै ललितपुरका एसपी निखिल पाठकले भने, ‘प्रहरीले एफआइआर दर्ता गरेको छ । यसमा एक अभियुक्तलाई हामीले पक्राउ गरेका छौँ । उनीसँग सोधपुछ भइरहेको छ । यसबाहेक अन्य अभियुक्तका लागि पनि हामीले समूह बनाएका छौँ । उनीहरुको गिरफ्तारी छिट्टै हुनेछ । एसओ तिलकधारी सरोजलाई तत्काल निलम्बित गरिएको छ । उनलाई पक्राउ गर्नका लागि पनि टिम बनाइएको छ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचकमा ४४ अङ्कको वृद्धि गत वर्ष भदौ २३/२४ को घटना हाम्रो कमजोरी होइन, षडयन्त्रकारीको अपराध हो: केपी शर्मा ओली सरकार सीमा सम्बन्धी समस्याहरू कूटनीतिक वार्ताको माध्यमबाट समाधान गर्न सधैँ प्रतिबद्ध छ: परराष्ट्रमन्त्री नेपाल वायुसेवा निगमको सेवा सुरक्षित, भरपर्दो र व्यवसायिक बनाउन सरकार सुक्ष्म अध्ययनमा छ : प्रधानमन्त्री शाह विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ५ जना पक्राउ विद्यालयबाट हराएकी ६ वर्षीया बालिका खोला किनारमा मृत अवस्थामा फेला रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्यले गरे सपथ ग्रहण पहिरो पन्छाएपछि खुल्यो मुग्लिन-नारायणगढ सडक रास्वपाका निर्वाचित केन्द्रीय सदस्यको शपथग्रहण हुँदै सुनचाँदीको मूल्यमा गिरावट नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा साउदी अरबमा सजाय भोगिरहेका ३३ नेपालीले पाए आममाफी विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण मुद्दामा थप कागजात मगाउन आदेश सरकारी सेवा घरदैलोमै पुर्‍याउने अभियान प्रभावकारी बन्दैछ: सञ्चारमन्त्री तिमिल्सिना हामी समूहगत र संस्थागत एकता गर्दैनौँ: केपी शर्मा ओली प्रहरी हौं भनेर लुटपाट गरेको आरोपमा चार जना पक्राउ पहिरोले कान्ति लोकपथ अवरुद्ध विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ काराेबार ? विष्णु पौडेलविरुद्ध ३ दिन म्याद थप