२०८३, ७ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘चुनावी घरदैलोमा जानु छ’ भन्दै देउवालाई नभेटी निस्किए जगन्नाथ

२०७९, २२ बैशाख बिहीबार ०७:०९

वैशाख २२, काठमाडौं | प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा चितवनको भरतपुर महानगरपालिकाको प्रमुख पदका लागि बागी उम्मेदवारी दिएका जगन्नाथ पौडेललाई मनाउन लागिपरेका छन् ।

पौडेलको उम्मेदवारी फिर्ता गरेर गठबन्धनबाट प्रमुख पदकी उम्मेदवार बनेकी रेणु दाहालको पक्षमा चुनावी माहौल बनाउन देउवा सक्रिय बनेका छन् । तर पौडेलले देउवालाई भेट्नसमेत मानेका छैनन् ।

कांग्रेस जिल्ला सभापति राजेश्वर खनालले पौडेलसँग भने, ‘सभापतिज्यूले उहाँ (पौडेल)लाई भेट्ने भन्ने कुरा चाहिँ सुनेको थिएँ । तर, भेट भयो कि भएन जानकारी छैन।

पौडेललाई प्रधानमन्त्री देउवाले बिहीबार बिहान भेट्न खोजेका थिए। पौडेलले कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई मात्रै भेटेर फर्किए।भरतपुरको होटल सिराँगचुलीमा वरिष्ठ नेता पौडेलसँग भएको भेटवार्तापछि पौडेलले भने, ‘वरिष्ठ नेता पौडेलसँग भेट भयो, प्रधानमन्त्रीसँग भेट भएन, हामी हाम्रो चुनावी घरदैलो कार्यक्रम छ भनेर फर्कियौँ।’

पौडेललाई १६ वैशाखमा उम्मेदवारी फिर्ता गराउन यसअघि गृहमन्त्री बालकृष्ण खाँण र राज्यमन्त्री उमेश श्रेष्ठलाई देउवाले पौडेलकै घरमा पठाएका थिए । उनीहरूले आग्रह पनि गरे तर पौडेल टसमस भएनन् ।यसपछि भने नेता शंकर भण्डारीलाई पनि पौडेललाई भेट्न पठाए । उम्मेदवारी फिर्तादेखि निष्क्रिय रहन अस्वीकार गर्दै आएपछि देउवा नै भरतपुर पुगेका हुन् ।

पौडेल १६ वैशाखकै पार्टीको साधारण सदस्यतासमेत नरहने गरी कारबाहीमा परिसकेका छन् । उनी स्वतन्त्र उम्मेदवारको रूपमा निर्वाचन चिह्न ‘भूइँकटहर’ लिएर घरदैलो अभियानमा छन् ।कांग्रेसबाट उनी यसअघि राष्ट्रियसभा सदस्य भइसकेका छन् । उनी गठबन्धनप्रति असन्तुष्ट हुँदै स्वतन्त्र उम्मेदवार बनेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कक्षा ११ को पठनपाठन आगामी असार १ देखि दुर्गा प्रसाईलाई पक्राउ गर्नुको कारण पेस गर्न सर्वोच्चको आदेश विमानस्थलबाट ३७ थान राहदानीसहित एक जना पक्राउ हामी विरोध गरिरहन्छौँ, पाँचै वर्ष गर्छौँ: हर्कराज राई नेप्सेमा ३०.०८ अंकको वृद्धि निर्वाचनसम्बन्धी दुई विधेयक प्रस्तुत वैदेशिक रोजगारीको ठगी रोक्न प्रभावकारी रुपमा काम हुँदैछ : श्रममन्त्री यादव संसद्‌मा मर्यादित भएर प्रस्तुत हुन सभामुखको आग्रह श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ प्रतिनिधि सभाको बैठक शुरू सुनचाँदीको मूल्य घट्यो अब अनलाइन माध्यमबाटै प्रहरीमा उजुरी तथा गुनासो दर्ता गर्न सकिने यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु प्रधानन्यायाधीशको शपथ ६:१० बजे दुर्गा प्रसाईंविरुद्ध विद्युतीय कारोबार ऐन र राज्यविरुद्धको कसुरमा मुद्दा दर्ता मन्त्रीपरिषद बैठक सुरु नक्कली लालपुर्जा बनाएर जग्गा पास गराउन खोज्ने तीन जना पक्राउ विद्यार्थी संगठन खारेज गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट भगवानको रक्षा गर्नुपर्ने बेला भएको छ : सांसद खरेल सरकारको नीति गरिब होइन, गरिबी भगाउने हुनुपर्छ: विष्णुमाया बिक