२०८३, ७ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

दलहरूबाटै आचार संहिता उल्लंघन, सम्बन्धित निकाय मौन

२०७९, २२ बैशाख बिहीबार ०७:४२

वैशाख २२, सिरहा | स्थानीय तह निर्वाचनको प्रचारप्रसारको क्रममा सिरहामा दलहरूले  व्यापक आचार संहिता उल्लंघन गर्दै आएका छन् ।

राजनीतिक दलहरूले चुनाव प्रचारप्रसार अभियानमा घरदैलो गर्दा शक्ति प्रदर्शन समेत गर्ने गरेका छन् । 

गोलबजार नगरपालिकामा नेकपा माओवादी केन्द्रले गरेको घरदैलो कार्यक्रममा व्यापक रुपमा बालबालिका प्रयोग भएका छन् । यसरी आचार संहिता उल्लंघन हुँदा पनि प्रहरी प्रशासन मुकर्दशक बन्ने गरेको छ ।

जिल्लाको गोलबजार, मिर्चैैया, घनगढीमाई, कर्जन्हा, कल्याणपुर, लाहन, सिरहा लगायतका स्थानमा आचार संहिता उल्लंघन धेरै भए पनि स्थानीय प्रशासन मुखदर्शक बनेको छ । जिल्ला प्रशासन कार्यालय सिरहाले डिजे प्रयोगमा रोक लगाए पनि रोकिएको छैन् । भारतीय सवारीसाधनमा निषेध गरिए पनि चुनाव प्रचारप्रसारको क्रममा भारतीय नम्बर प्लेटको गाडी प्रयोग गरिरहेको देखिन्छ । 

यता, उक्त विषयमा गोलबजारका निवार्चन अधिकृत शिवप्रसाद अचार्यका अनुसार अहिलेसम्म कुनै पनि राजनीति दलले लिखित उजुरी नहालेको र कसैले उजुर  बाजुर गरेमा छानबिन गरी कार्यवाही गर्ने जनाइको छ । उनले मौखिक रुपमा व्यापक आचार संहिताको उल्लंघन गरियोे भनेर फोनबाट मात्रै जानकारी आएकाले चासो नदिएको बताए । 

भोट माग्नेसँगै प्रचार सामग्री सार्वजनिक स्थलमा टाँस्ने प्रतिस्पर्धाले गर्दा केही दिनयता गाउँ, शहर रंगिएका छन् । निर्वाचन आयोगले चुनाव चिह्न अंकित टिसर्ट, टोपी लगाउन समते प्रतिबन्ध लगाएपनि राजनीतिक दलहरूले फ्लेक्स बोर्ड, स्टीकर, पर्चा, पम्प्लेट छ्याप्छ्याप्ती गराएका छन् । सार्वजनिक स्थलमा प्रचार सामग्री टाँस्ने होडबाजीनै चलेको छ । मुख्य सडकका साथै भित्री सडक र गाउँतिर पनि आचार संहतिा विपरित प्रचारप्रसार भइरहेको छ ।

कतिपय उम्मेदवारले पहिलो चरणको घरदैलो सिध्याएका छन् । घरदैलो सिध्याएका उम्मेदवारहरू व्यक्तिगत भेटघाटमा निस्किएका छन् ।


 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कक्षा ११ को पठनपाठन आगामी असार १ देखि दुर्गा प्रसाईलाई पक्राउ गर्नुको कारण पेस गर्न सर्वोच्चको आदेश विमानस्थलबाट ३७ थान राहदानीसहित एक जना पक्राउ हामी विरोध गरिरहन्छौँ, पाँचै वर्ष गर्छौँ: हर्कराज राई नेप्सेमा ३०.०८ अंकको वृद्धि निर्वाचनसम्बन्धी दुई विधेयक प्रस्तुत वैदेशिक रोजगारीको ठगी रोक्न प्रभावकारी रुपमा काम हुँदैछ : श्रममन्त्री यादव संसद्‌मा मर्यादित भएर प्रस्तुत हुन सभामुखको आग्रह श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ प्रतिनिधि सभाको बैठक शुरू सुनचाँदीको मूल्य घट्यो अब अनलाइन माध्यमबाटै प्रहरीमा उजुरी तथा गुनासो दर्ता गर्न सकिने यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु प्रधानन्यायाधीशको शपथ ६:१० बजे दुर्गा प्रसाईंविरुद्ध विद्युतीय कारोबार ऐन र राज्यविरुद्धको कसुरमा मुद्दा दर्ता मन्त्रीपरिषद बैठक सुरु नक्कली लालपुर्जा बनाएर जग्गा पास गराउन खोज्ने तीन जना पक्राउ विद्यार्थी संगठन खारेज गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट भगवानको रक्षा गर्नुपर्ने बेला भएको छ : सांसद खरेल सरकारको नीति गरिब होइन, गरिबी भगाउने हुनुपर्छ: विष्णुमाया बिक