Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मोरङमा मेयर उम्मेदवार गौतमको सवारीसाधन आगजानी गर्नेलाई कारबाही गर्न राप्रपाको माग

२०७९, २३ बैशाख शुक्रबार ०५:३०

वैशाख २३, काठमाडौँ | राप्रपाले मोरङको बेलबारी नगरपालिकामा मेयर पदका उम्मेदवार खेमराज गौतमको सवारीसाधन आगजनी गर्नेलाई कारबाही गर्न माग गरेको छ । 

राप्रपाबाट मेयर उम्मेदवार बनेका गौतमको सवारीसाधनमाथि पेट्रोल छर्किएर आगजानी गरिएपछि सो पार्टीले दोषीमाथि कारबाही गर्न माग गरेको हो । 

उम्मेदवार गौतमको सवारीसाधनमाथि आगजानी गरिएको घटना निन्दनीय रहेको भन्दै राप्रपाले घटनाको छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेको हो ।

‘मोरङको बेलबारी नगरपालिकामा राप्रपाको तर्फबाट मेयर पदका उमेदवार खेमराज गौतमको सवारीसाधनमाथि आगजनी गरिएको घटना दुःखद र निन्दनीय छ । सिसिटिभी फुटेजबाट मोटरमा पेट्रोल छर्केर आगो लगाउने व्यक्तिको पहिचान भएको र नेपाली कांग्रेसको कार्यकर्ताको रुपमा परिचित निज पक्राउसमेत परिसकेको अवस्थामा घटनाको यथार्थ विवरण लिन, निजलाई उक्साउने व्यक्ति, समूह र दलबारे सत्यतथ्य छानबिन गरी हदैसम्मको कारबाहीको माग गर्दछौं,’ राप्रपा प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

राप्रपाले निष्पक्ष र भयरहित निर्वाचनको वातावरण बनाउन सरकार र निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश