2026-10-26 01:31 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पछिल्लो ४ सातादेखि संक्रमित बढेसंगै,भारतमा कोरोनाको चौथो लहरको खतरा

वैशाख २३, नयाँ दिल्ली | पछिल्लो ४ सातादेखि भारतमा कोरोना संक्रमितको संख्या लगातार बढिरहेको छ । दिल्ली कोरोनाको हटस्पट बनेको छ । अप्रिल २५ देखि मे १ सम्ममा देशमा २२ हजारभन्दा बढी नयाँ बिरामी फेला परेका छन् । अघिल्लो हप्तामाभन्दा १५ हजार सं‌क्रमित फेला परेका थिए। अहिले संक्रमितको संख्या ४१ प्रतिशत बढेको हो। 
संक्रमित देखिएका मध्ये भारतका ३ राज्यहरू दिल्ली, हरियाणा र यूपीमा मात्र  ६८% रहेका छन्। दिल्लीमा संक्रमितको संख्या ७% भन्दा बढी छ। डब्ल्यूएचओको नजरमा भारतमा संक्रमण अनियन्त्रित भइसकेको छ । यस्तो अवस्थामा देशमा कोरोनाको चौथो लहर आउने खबर पनि आइरहेका छन्। तर के भारतमा चौथो छाल आउनुको कारण दिल्ली हुनेछ ? 
भारतका थप दुई राज्य राजस्थान र मध्य प्रदेशमा कोरोना संक्रमितको संख्या तीव्र गतिमा बढिरहेको छ । गत हप्ताको तुलनामा राजस्थानमा १५५% र मध्यप्रदेशमा १३२% ले कोरोना संक्रमित बढेका छन्। यसले नयाँ खतराको सङ्केत गरेको छ।
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का प्रमुख टेड्रोस गेब्रेयससले ओमिक्रोनको उप भेरियन्ट बीए४, बीए५ अझै पनि उत्परिवर्तन भइरहेको बताए। यस्तो अवस्थामा अहिले नै के हुने हो भन्न छिटो भएको उनले बताए। 
उनले भने, 'नयाँ सब-भ्यारिएन्टहरू अन्य ओमिक्रोन सब-भ्यारिएन्टहरूको तुलनामा कति खतरनाक छन् भन्ने अझै अनुसन्धानको विषय हो। ओमिक्रोनको बीए२ भेरियन्ट अझै पनि विश्वव्यापी नयाँ कोरोना केसहरूको सबैभन्दा ठूलो कारण हो। यसका  बीए४ र  बीए५ को सब भेरियन्टका कारण दक्षिण अफ्रिकामा पनि कोरोनाका केसहरू बढिरहेका छन्। धेरै देशमा कोरोना भाइरस उत्परिवर्तन हुँदैछ। त्यसैले अब के हुन्छ थाहा छैन।'

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने