2026-09-10 11:31 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बैदेशिक रोजगार: भिसा भनेको के हो ? कस्तो भिसामा बैदेशिक रोजगारमा जाने ?

सास । कुनै पनि एउटा मुलुकले अर्को मुलुकका नागरिकलाई कुनै निश्चित प्रयोजन एवम् अवधिका लागि आफ्नो मुलुकमा आउनका लागि प्रदान गरिने अनुमतिलाई भिसा भनिन्छ । यसलाई नेपालमा प्रवेशाज्ञा पनि भनिन्छ । भिसा निश्चित प्रयोजनका लागि दिईन्छ । यस्ता प्रयोजनमा घुमफिर गर्ने, काम गर्ने, अध्ययन गर्ने, व्यवसायिक आदि पर्दछन् ।

कस्तो भिसामा बैदेशिक रोजगारमा जाने ?

‘Working’ भिसामा मात्र वैदेशिक रोजगारमा जानुपर्दछ । यो बाहेक अन्य भिसामा वैदेशिक रोजगारमा जानु हुदैन । Working भिसा बाहेक अन्य भिसामा कसैले वैदेशिक रोजगारमा लाने प्रलोभन देखाएमा यसमा ठगीको नियत हुनसक्छ । त्यसैले यस विषयमा तुरुन्त नजिकैको स्थानिय प्रशासनमा खबर गर्नुपर्दछ ।

श्रम स्वीकृतिको अवधि सकिएपछि अनिवार्य नेपाल फर्कनुपर्छ वा बिदेशबाटनै अनलाइन मार्फत पुन: श्रम स्वीकृति लिनुपर्छ । 

श्रम स्वीकृति लिएर मात्र विदेश जानुपर्छ । वा श्रम स्वीकृति बिनाको वैदेशिक रोजगार असुरक्षित हुने हुनाले विदेश जानु पुर्बनै यस विषयमा ध्यान दिनुपर्छ । 

वैदेशिक रोजगार सुरक्षित बनाउन केहि कुरा ध्यान दिने गरौँ: 

– सक्षम व्यक्तीनै वैदेशिक रोजगारमा सुरक्षित हुन सक्छ ।

– विदेश जाने बेलामा सबै कागजको एक/एक प्रति अनिवार्य रुपमा घरमा छाडौं । 

– सिप तथा भाषा सिकेर मात्र विदेश जाऔं ।

– कमाएको रकम सुरक्षित राखौं र बैंकमार्फत घर पठाउने गरौँ ।

– विदेशमा फजुल खर्च नगरौँ, कमाएको रकम बचाएर घर फर्की आफै उधमी बनौं ।

– सबै कुरा बुझेर मात्र विदेश जाऔं, अर्काको लहैलहैमा निर्णय नगरौ ।

– मान्यता प्राप्त कम्पनीको सहयोगमा मात्र वैदेशिक रोजगारमा जाऔं  । दलालको फन्दामा नपरौ ।

– नेपालको विमान स्थलबाट मात्र वैदेशिक रोजगारमा जाऔं । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठक बस्दै परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको शिष्टाचार भेट कांग्रेस फुट्ने सम्भावना छ, १५औँ महाधिवेशन देउवाकै नेतृत्वमा हुन्छ: शशांक कोइराला आधिकारिकता विवादमा सर्वोच्चले निस्सा दिएपछि आधा जित भइसक्यो : देउवा बाढी प्रभावित विद्यार्थीलाई परामर्श दिएपछि मात्रै कक्षा सञ्चालन गर्न निर्देशन राष्ट्रियसभामा विधायन व्यवस्थापन समितिको प्रतिवेदन पेस विपद्‌मा घाउमा नुनचुक छर्किनेका लागि रास्वपामा स्थान छैन : रवि लामिछाने भदौ २३ र २४ का घटनामा निष्पक्ष छानबिन र कारबाही गर्न गगन थापाको माग नेप्से १५ अंकले घट्यो, ४ अर्ब २० करोडको कारोबार अहिले राजनीति गर्ने होइन, नागरिक बचाउने बेला हो : रवि लामिछाने भदौ १० का मृतक प्राकृतिक विपत्तिका होइनन्, जलवायु अन्यायका पीडित हुन् : रवि लामिछाने सहिदले न्याय कति वर्षमा पाउँछ सरकार ? : सांसद खत्री प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा जेनजी आन्दोलन सरकार परिर्वतनका लागि मात्रै नभइ संस्कार परिवर्तनका लागि भएको हो: सांसद केसी प्रतिनिधिसभाको बैठक सुरु प्रधानमन्त्री बालेन शाहले सुरक्षा प्रमुखसँग उच्चस्तरीय छलफल गर्दै रसुवा बाढीमा मृतकको संख्या १,३६७ पुग्यो एमाले बैठकमा संसद् पुनर्स्थापनाबारे छलफल हुन्छ : महेश बस्नेत जेनजी आन्दोलनको एक वर्षपछि ओलीले बालकोटबाट सम्बोधन गर्दै जापानमा नेपाली विद्यार्थीको हत्या आरोपमा तीन नेपाली पक्राउ