२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कांग्रेस, एमाले र मओवादी सुध्रनेवाला छैनन् : राजेन्द्र लिङदेन

२५ बैशाख २०७९, आईतवार १०:५०

वैशाख २५, हेटौंडा | राप्रपा नेपालका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देलले ठुलापार्टीहरुमा घमण्ड बढी भएको कारण अब जनताले सुधार्न नसक्ने अवस्था आएको  बताएका छन् । 

मकवानपुरको हेटौंडामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै लिङ्देलले ठुला पार्टीलाई सुधार गर्ने एउटै उपाय भनेको चुनावमा उनीहरुको बाकस खाली गरिदिने विकल्प रहेको बताएका हुन् ।

घुस खाने खुवाउने भनेको सामान्य कुरा नभएकोले यसलाई उन्मुलन गर्नुपर्नेमा जाेड दिए । भ्रष्टचारको अन्त्यको लागि राप्रपाले नै जित्नुपर्ने उनले बताए । 

उनले देशको विकासको लागि अब पार्टीहरुले आफ्नो आचारण सुधार गर्नुपर्ने बताउँदै भने, “यहाँ राप्रपा मात्रै सुध्रेर देश बन्ने वाला छैन, कांग्रेस, एमाले, माआवादी पनि सुध्रनु पर्छ, उनीहरुलाई अब सुधार्नको लागि अरु कुनै उपाय छैन, चुनावको दिन उनीहरुको बाकस खाली गर्ने हो ।”

ठुला दलका नेताहरुले अहिले कोट्याइ कोट्याइ नमस्कार गर्ने र मतदात गरिसकेको केही पलबाटै नमस्कार गर्ने हैन, नमस्कार फर्काउने मान्छे पनि नभेटिने उनले बताए । ठूला दलमा नातावाद मौलाएको प्रसङ्गलाई कोट्याउँदै उनले भने, “५ वर्षमा एक दिन मतदान गर्दाको दिन मात्रै जनता माथि हो, अरु दिन संधै जनता हेपिएर चेपिएर बस्नुपर्छ, आफूलाई हेप्ने चेप्नेलाई तपाइले पनि धुलो चटाइदिनुहोस्, किन हेप्न चेप्नको लागि माथि पुर्याउनु हुन्छ ।”

चुनावी सभालाई सम्बोधन गर्दै लिङ्गदेनले भने “भोट हाल्ने भनेको चानचुने कुरा हैन, हात काटेर दिए सरह हो, त्यो आफूले काटेर दिएको त्यो हात तपाईलाई परेको बेलामा मद्दत गर्ने हैन, घाँटी अठ्याउने भयो भने के काम ।”

राप्रपाले हेटौंडा उपमहानगरको मेयरको लागि उम्मेदवार बनाएको दीपकबहादुर सिंह र उपमेयरको लागि उम्मेदवार बनाएको इन्द्रीरा न्यौपानेलाई मतदान गर्न उनले आग्रह गरेका छन् । उनले भने, “हलो बाहेकका साथीहरुले आफ्नो पार्टीका नेतालाई आफू एमालेमै छु भन्नुहोस् कांग्रेसमै छु भन्नुस, माओवादीमै छु भन्नुस, घरमा झण्डा पनि उही पार्टीको राख्नुस्, तर आफ्नो मत इमान्दार व्यक्तिलाई हाल्नुहोस् ।” 

राप्रपाले सबै नागरिकलाई स्वास्थ्य बीमा गर्ने, वृद्धवृद्धालाई घरैमा स्वास्थ्य उपचार गर्ने जस्ता पुरा गर्न सक्ने कामको योजनाहरु मात्रै प्रतिबद्धताहरुको रुपमा अघि सारेको उनले बताए । “हामीले भन्नको लागि मात्रै योजना देखाएका छैनौ”, उनले भने।

राप्रपाको नेतृत्व भएको अवस्थामा नगरको हरेक वडामा सस्तो औषधि पसलको व्यवस्था गरिने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह