2026-09-08 12:18 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कांग्रेस, एमाले र मओवादी सुध्रनेवाला छैनन् : राजेन्द्र लिङदेन

वैशाख २५, हेटौंडा | राप्रपा नेपालका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देलले ठुलापार्टीहरुमा घमण्ड बढी भएको कारण अब जनताले सुधार्न नसक्ने अवस्था आएको  बताएका छन् । 

मकवानपुरको हेटौंडामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै लिङ्देलले ठुला पार्टीलाई सुधार गर्ने एउटै उपाय भनेको चुनावमा उनीहरुको बाकस खाली गरिदिने विकल्प रहेको बताएका हुन् ।

घुस खाने खुवाउने भनेको सामान्य कुरा नभएकोले यसलाई उन्मुलन गर्नुपर्नेमा जाेड दिए । भ्रष्टचारको अन्त्यको लागि राप्रपाले नै जित्नुपर्ने उनले बताए । 

उनले देशको विकासको लागि अब पार्टीहरुले आफ्नो आचारण सुधार गर्नुपर्ने बताउँदै भने, “यहाँ राप्रपा मात्रै सुध्रेर देश बन्ने वाला छैन, कांग्रेस, एमाले, माआवादी पनि सुध्रनु पर्छ, उनीहरुलाई अब सुधार्नको लागि अरु कुनै उपाय छैन, चुनावको दिन उनीहरुको बाकस खाली गर्ने हो ।”

ठुला दलका नेताहरुले अहिले कोट्याइ कोट्याइ नमस्कार गर्ने र मतदात गरिसकेको केही पलबाटै नमस्कार गर्ने हैन, नमस्कार फर्काउने मान्छे पनि नभेटिने उनले बताए । ठूला दलमा नातावाद मौलाएको प्रसङ्गलाई कोट्याउँदै उनले भने, “५ वर्षमा एक दिन मतदान गर्दाको दिन मात्रै जनता माथि हो, अरु दिन संधै जनता हेपिएर चेपिएर बस्नुपर्छ, आफूलाई हेप्ने चेप्नेलाई तपाइले पनि धुलो चटाइदिनुहोस्, किन हेप्न चेप्नको लागि माथि पुर्याउनु हुन्छ ।”

चुनावी सभालाई सम्बोधन गर्दै लिङ्गदेनले भने “भोट हाल्ने भनेको चानचुने कुरा हैन, हात काटेर दिए सरह हो, त्यो आफूले काटेर दिएको त्यो हात तपाईलाई परेको बेलामा मद्दत गर्ने हैन, घाँटी अठ्याउने भयो भने के काम ।”

राप्रपाले हेटौंडा उपमहानगरको मेयरको लागि उम्मेदवार बनाएको दीपकबहादुर सिंह र उपमेयरको लागि उम्मेदवार बनाएको इन्द्रीरा न्यौपानेलाई मतदान गर्न उनले आग्रह गरेका छन् । उनले भने, “हलो बाहेकका साथीहरुले आफ्नो पार्टीका नेतालाई आफू एमालेमै छु भन्नुहोस् कांग्रेसमै छु भन्नुस, माओवादीमै छु भन्नुस, घरमा झण्डा पनि उही पार्टीको राख्नुस्, तर आफ्नो मत इमान्दार व्यक्तिलाई हाल्नुहोस् ।” 

राप्रपाले सबै नागरिकलाई स्वास्थ्य बीमा गर्ने, वृद्धवृद्धालाई घरैमा स्वास्थ्य उपचार गर्ने जस्ता पुरा गर्न सक्ने कामको योजनाहरु मात्रै प्रतिबद्धताहरुको रुपमा अघि सारेको उनले बताए । “हामीले भन्नको लागि मात्रै योजना देखाएका छैनौ”, उनले भने।

राप्रपाको नेतृत्व भएको अवस्थामा नगरको हरेक वडामा सस्तो औषधि पसलको व्यवस्था गरिने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल