२०८३, १९ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एक करोडभन्दा बढीमा बिक्यो युक्रेनी राष्ट्रपति जेलेन्स्कीको ज्याकेट

२०७९, २६ बैशाख सोमबार १२:१२

वैशाख २६, काठमाडौँ | युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले लगाएको ज्याकेट एक करोड ३७ लाख २० हजार रूपैयाँ (अमेरिकी एक सय एघार हजार अमेरिकी डलर) मा बिक्री भएको छ।

सिएनएनका अनुसार राष्ट्रपति जेलेन्स्कीले लगाएको फ्लिसको ज्याकेटमा उनले हस्ताक्षर समेत गरेका छन्। उक्त ज्याकेट बिहीबार लन्डनमा आयोजित कार्यक्रममा युक्रेनको सहयोगको लागि बिक्री भएको हो।

यसै सन्दर्भमा बेलायतको लागि युक्रेनी दूतावासले एक भिडिओ ट्विट गरेको छ। भिडिओसँगै क्याप्सनमा लेखेको छ, 'थुप्रै फ्लिसको ज्याकेटमध्ये जेलेन्स्कीको एक मात्र यो ज्याकेट, ९० हजार पाउन्डमा बिकेको छ।'

भिडिओमा राष्ट्रपतिले उक्त ज्याकेट लगाएर युद्धमा हिँडेको फोटा र भिडिओ क्लिपहरू देख्न सकिन्छ।

लन्डनमा आयोजित कोष संकलन कार्यक्रमको मुख्य उद्देश्य युद्धको समयमा युक्रेनीहरूले देखाएको बहादुरीका कथाहरू सुनाउनु र यो बहादुरीलाई समर्थन गर्न कोष जुटाउनु रहेको दूतावासले जनाएको छ। 

लन्डनमा युक्रेनी दूतावासले टेट आधुनिक आर्ट ग्यालरीमा 'ब्रेभ युक्रेन' कोषको आयोजना गरेको हो। जसमा युक्रेनी प्रथम महिला ओलेना जेलेन्स्कीले बच्चाहरूको लागि खेलौना, स्वर्गीय फोटोग्राफर म्याक्स लेभिनले खिचेका तस्बिरहरू र जेलेन्स्कीको ज्याकेट कोषको लागि दिएकी हुन्। 

उक्त कोषमा करिब ७ करोड ७४ लाख रूपैयाँ (एक मिलियन अमेरिकी डलर) संकलन भएको जनाइएको छ। दूतावासका अनुसार सो रकम विशेषत पश्चिमी युक्रेनी विशेषीकृत बाल चिकित्सा केन्द्रको मर्मतमा खर्चिनेछ।

कोषको एक कार्यक्रममा बेलायती प्रधानमन्त्री बोरिस जोनसनले युक्रेनी राष्ट्रपति जेलेन्स्कीसँग भिडिओमार्फत कुराकानी गर्दै उनको नेतृत्व र युक्रेनीहरूको बहादुरीको प्रशंसा गरेका थिए। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुकुम्बासीहरुको उचित व्यवस्थापन नगरी जवरजस्ती हटाउने काम गरिएको भन्दै माइतीघरमा युवाको प्रदर्शन प्रहरी भवनको जग खन्दा ८६ थान बम भेटियो तीन दशक पुराना विद्यार्थीलाई पनि मौका परीक्षा दिने तयारी मृगौलाको पत्थरीको अप्रेशन गर्दा बिरामीको मृत्यु, लापरबाही भन्दै प्रदर्शन रास्वपाले बोलायो सचिवालय बैठक बालाजु र माछापोखरी क्षेत्रको सुकुम्बासी बस्तीमा डोजर सुकुमबासी बस्तीलाई पर्याप्त सूचना र समय दिइएन: प्रदीप पौडेल रोकिराखेको ट्रकमा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते रोल्पा जीप दुर्घटनामा मृतकप्रति राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा श्रद्धाञ्जली व्यक्त स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो: बालेन शाह सुनचाँदीको मूल्य बढ्यो