५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अफगानिस्तानमा महिलाका अधिकार कटौती गर्ने तालिवानका निर्णय उल्ट्याउन अमेरिकाले दबाब दिने

२७ बैशाख २०७९, मंगलवार ०२:०३

वैशाख २७, काबुल | एजेन्सी | अमेरिकाले अफगानिस्तानको तालिबान सरकारलाई महिला र बालिकाहरूका अधिकारमा प्रतिबन्ध लगाउने हालैका केही निर्णयहरू उल्ट्याउन दबाब दिने भएको छ । कट्टरपन्थी समूहले आफ्ना कार्यहरू सच्याउने संकेत नदेखाए समूहका निणर्य उल्ट्याउन दबाब दिने अमेरिकाले संकेत गरेको हो । तर, उसले समूहमाथि कस्तो दबाब दिने भन्ने बारेमा केही सार्वजनिक गरेको छैन् ।  

‘हामीले यस विषयलाई तालिवानसँग प्रत्यक्ष रूपमा सम्बोधन गरेका छौं’, विदेश मन्त्रालयलका प्रवक्ता नेड प्राइसले भने । उनले सम्भावित कदमबारे विस्तृत विवरण दिएनन् । 

तालिबानले शनिबार महिलाहरूलाई सार्वजनिक रूपमा आफ्नो अनुहार छोप्न उर्दी जारी गरेको थियो । तालिबानको निर्देशनको सर्वत्र विरोध भएको छ ।

तालिबानले यसअघि सन् १९९६ देखि सन् २००१ मा शासन गर्दै महिलाहरुका अधिकांश अधिकार कटौती गरेको थियो । तालिबानले फेरि महिलाका एकपछि अर्का अधिकार कटौती गर्न सक्ने अफगानिस्तानमा त्रास बढेको छ ।  

यसअघि समूहले छात्र र छात्रालाई सँगसँगै पढ्न रोक लगाएको छ ।  गत १५ अगस्टमा सत्तामा पुगेपछि तालिबान सरकारले आर्थिक संकट सामना गरेको छ । दातृ राष्ट्रहरुले अफगानिस्तानलाई दिँदै आएको सहयोग रोक्का गरेका छन् । 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता