2026-09-08 06:37 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

श्रीलंकाका राष्ट्रपति महिन्दा राजापाक्षे देश छोडेर भारत गएका हुन् ? के भन्छन् छोरा ?

वैशाख २८, कोलम्बो | श्रीलङ्काका प्रधानमन्त्री महिन्दा राजापाक्षेले प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि पनि आन्दोलनमा हिंसा बढ्दै गएको छ । यसैबीच महिन्दा राजपाक्षेको परिवार देश छाडेर गएको अड्कलबाजी सुरु भएको थियो तर मंगलबार उनका छोराले आफ्नो परिवार श्रीलङ्कामा रहेको र देश नछोड्ने बताए ।

महिन्दा राजापाक्षका छोरा तथा देशका खेलकुद मन्त्री नमल राजापाक्षेले एएफपी समाचार एजेन्सीलाई भने, ‘राजापाक्षे परिवारको देश छोड्ने कुनै योजना छैन । हामी देश छोडेर भाग्न लागेका छौँ भनेर धेरै किसिमका हल्ला फैलिए तर हामी देश छोड्ने छैनौँ ।’

अज्ञात सेनाको बेसमा शरण लिइरहेका महिन्दा राजापाक्षेबारे उनका छोराले बुवा सकुशल रहेको र परिवारसँग निरन्तर सम्पर्कमा रहेको बताए ।

महिन्दा राजपाक्षे परिवारसहित देश छोडेर भारत आएका भनिएको थियो, यो दाबीलाई श्रीलङ्कास्थित भारतीय उच्चायोगले खारेज गर्दै ट्वीट गरेको थियो ।

भारतीय उच्चायोगले लेखेको छ, ‘उच्चायोगले केही राजनीतिक व्यक्ति र उनीहरुका परिवार श्रीलङ्काबाट भागेर भारत गएको हल्ला सञ्चारमाध्यम र सामाजिक सञ्जालमा फैलिएको थाहा पाएको छ । यी झुटा र मनगढन्ते रिपोर्ट हुन्, जसमा कुनै सत्यता छैन । उच्च आयोगले यसलाई कडाइका साथ अस्वीकार गर्दछ ।’

महिन्दा राजापाक्षे श्रीलङ्काको राजनीतिक राजपाक्षे परिवारका प्रमुख हुन् । यस परिवारको विरुद्ध देशमा चर्को विरोध भइरहेको छ । श्रीलङ्का सन् १९४८ मा आफ्नो स्वतन्त्रता पछिकै सबैभन्दा खराब आर्थिक संकटको सामना गरिरहेको छ र आन्दोलनकारी जनताले देशको दुर्दशाको लागि राजापाक्षे परिवार जिम्मेवार रहेको विश्वास गर्छन् ।

सोमबार उनको राजीनामा पछि, महिन्दा राजापाक्षको निवासलाई क्रोधित प्रदर्शनकारीहरूले घेरेका थिए, त्यसपछि सेनाले उनलाई र उनको परिवारलाई सुरक्षित रूपमा नौसेनाको एउटा बेसमा पुर्याए ।

कडा सुरक्षाको बीचमा उनी परिवारसहित सेनाको बेसमा बस्दै आएका छन् ।

मंगलबार, श्रीलङ्कामा एक महिना लामो शान्तिपूर्ण प्रदर्शन हिंसात्मक भयो । राजापाक्षे परिवारका समर्थकहरूले उनीहरूविरुद्ध प्रदर्शन गरिरहेका मानिसहरूलाई आक्रमण गर्न थालेपछि प्रदर्शनले यस्तो रुप लिएको हो ।

त्यसपछि आक्रोशित आन्दोलनकारीले सरकारका मन्त्रीहरुको निवासमा आगजनी र आक्रमण गरेका थिए । त्यसपछि मंगलबार साँझ देशको रक्षा मन्त्रालयले हिंसा र आगजनी गर्नेलाई देखेमा गोली हान्न आदेश दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चिनीको मूल्य घट्न नसक्दा उपभोक्ता मर्कामा काँग्रेसले बुक गर्यो महाधिवेशनका लागि राष्ट्रिय सभा गृह प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा ठमेलबाट १० बङ्गलादेशी पक्राउ हामी राजनीति सिकाउन आएको, सिक्न आएको होइन : गृहमन्त्री गुरुङ जेनजी आन्दोलनलाई अपमान गर्नु ३ करोड नेपालीको अपमान हो : गृहमन्त्री गुरुङ भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग