५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

श्रीलंकाका राष्ट्रपति महिन्दा राजापाक्षे देश छोडेर भारत गएका हुन् ? के भन्छन् छोरा ?

२८ बैशाख २०७९, बुधबार ०५:४०

वैशाख २८, कोलम्बो | श्रीलङ्काका प्रधानमन्त्री महिन्दा राजापाक्षेले प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि पनि आन्दोलनमा हिंसा बढ्दै गएको छ । यसैबीच महिन्दा राजपाक्षेको परिवार देश छाडेर गएको अड्कलबाजी सुरु भएको थियो तर मंगलबार उनका छोराले आफ्नो परिवार श्रीलङ्कामा रहेको र देश नछोड्ने बताए ।

महिन्दा राजापाक्षका छोरा तथा देशका खेलकुद मन्त्री नमल राजापाक्षेले एएफपी समाचार एजेन्सीलाई भने, ‘राजापाक्षे परिवारको देश छोड्ने कुनै योजना छैन । हामी देश छोडेर भाग्न लागेका छौँ भनेर धेरै किसिमका हल्ला फैलिए तर हामी देश छोड्ने छैनौँ ।’


अज्ञात सेनाको बेसमा शरण लिइरहेका महिन्दा राजापाक्षेबारे उनका छोराले बुवा सकुशल रहेको र परिवारसँग निरन्तर सम्पर्कमा रहेको बताए ।

महिन्दा राजपाक्षे परिवारसहित देश छोडेर भारत आएका भनिएको थियो, यो दाबीलाई श्रीलङ्कास्थित भारतीय उच्चायोगले खारेज गर्दै ट्वीट गरेको थियो ।

भारतीय उच्चायोगले लेखेको छ, ‘उच्चायोगले केही राजनीतिक व्यक्ति र उनीहरुका परिवार श्रीलङ्काबाट भागेर भारत गएको हल्ला सञ्चारमाध्यम र सामाजिक सञ्जालमा फैलिएको थाहा पाएको छ । यी झुटा र मनगढन्ते रिपोर्ट हुन्, जसमा कुनै सत्यता छैन । उच्च आयोगले यसलाई कडाइका साथ अस्वीकार गर्दछ ।’

महिन्दा राजापाक्षे श्रीलङ्काको राजनीतिक राजपाक्षे परिवारका प्रमुख हुन् । यस परिवारको विरुद्ध देशमा चर्को विरोध भइरहेको छ । श्रीलङ्का सन् १९४८ मा आफ्नो स्वतन्त्रता पछिकै सबैभन्दा खराब आर्थिक संकटको सामना गरिरहेको छ र आन्दोलनकारी जनताले देशको दुर्दशाको लागि राजापाक्षे परिवार जिम्मेवार रहेको विश्वास गर्छन् ।

सोमबार उनको राजीनामा पछि, महिन्दा राजापाक्षको निवासलाई क्रोधित प्रदर्शनकारीहरूले घेरेका थिए, त्यसपछि सेनाले उनलाई र उनको परिवारलाई सुरक्षित रूपमा नौसेनाको एउटा बेसमा पुर्याए ।

कडा सुरक्षाको बीचमा उनी परिवारसहित सेनाको बेसमा बस्दै आएका छन् ।

मंगलबार, श्रीलङ्कामा एक महिना लामो शान्तिपूर्ण प्रदर्शन हिंसात्मक भयो । राजापाक्षे परिवारका समर्थकहरूले उनीहरूविरुद्ध प्रदर्शन गरिरहेका मानिसहरूलाई आक्रमण गर्न थालेपछि प्रदर्शनले यस्तो रुप लिएको हो ।

त्यसपछि आक्रोशित आन्दोलनकारीले सरकारका मन्त्रीहरुको निवासमा आगजनी र आक्रमण गरेका थिए । त्यसपछि मंगलबार साँझ देशको रक्षा मन्त्रालयले हिंसा र आगजनी गर्नेलाई देखेमा गोली हान्न आदेश दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता