2026-10-25 08:21 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विश्व स्वास्थ्य संगठनका प्रमुखको भनाइ चिनियाँ सामाजिक सञ्जालबाट किन हटाइयो?

वैशाख २८, काठमाडौं | विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस एडनहोम गेब्रियाससले चीनको कोरोनाका लागि अपनाइरहेको ‘शून्य सहनशीलता’ नीति टिकाउ नभएको बताएका थिए । यो कुरा संयुक्त राष्ट्रको विबो अकाउन्टमा सेयर गरिएको थियो तर विबोले अहिले डब्ल्यूएचओ प्रमुखको यो बयानलाई हटाएको छ । चिनियाँ सोशल मिडिया प्लेटफर्म विबोमा यो बयान सेयर गरेलगत्तै बुधबार बिहानै यसलाई हटाइयो । समाचार एजेन्सी रोयटर्सले यसबारे जानकारी दिएको हो ।

1140x725

यति मात्र होइन, अर्को चिनियाँ सोशल मिडिया प्लेटफर्म विच्याटले संयुक्त राष्ट्रको अकाउन्टबाट यसै खालको पोस्टको सेयर फिचर हटाएको छ ।मंगलबार पत्रकार सम्मेलनमा सम्बोधन गर्दै विश्व स्वास्थ्य सङ्गठनका प्रमुखले भने, ‘भाइरसको व्यवहारलाई हेर्दा चीनको यो नीति दिगो छ भन्ने हामीलाई लाग्दैन, हामीले अहिले जे जति अनुमान लगाइरहेका छौँ त्यस अनुसार यो टिकाऊ लाग्दैन । ’उता सांघाईमा बढ्दो कोरोना संक्रमित ध्यानमा राख्दै लकडाउनलाई थप कडाइ गरिएको छ । लकडाउन आउँदो केही साताका लागि कडा नियमका साथ लागू हुनेछ ।नयाँ नियम अनुसार खाद्यान्नको व्यावसायिक डेलिभरीमा प्रतिबन्ध लगाइएको छ र अस्पतालमा आकस्मिक केसलाई मात्रै पहिला हेरिनेछ ।

जसको वरिपरि कोभिड–१९ का बिरामी छन् उनीहरुलाई जबर्जस्ती उनीहरुको घरबाट निकालेर सरकारी क्वारेन्टिन केन्द्रमा राखिएको जानकारी दिइएको छ ।सांघाईमा विगत सात महिनादेखि कडा लकडाउन गरिएको छ ।कोरोना संक्रमितमा पहिला देखिएको संख्याको तुलनामा अहिले संक्रमित निकै कम छन् तर अधिकारी अहिलेसम्म ‘सोसाइटल जिरो’ को लक्ष्य हासिल गर्न सक्षम भएका छैनन् त्यसैले यसैका लागि यहाँ कडा लकडाउन लागू गरिएको छ ।

सोसाइटल जिरोको अर्थ सरकारी क्वारेन्टिन सुविधाबाहेक शहरमा कोरोनाका एकजना पनि नयाँ संक्रमित नहुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने