Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

पाँच दलीय गठबन्धनविरुद्ध लागेको भन्दै कांग्रेसले गर्यो भरतपुरका पाँच जना नेता–कार्यकर्तामाथि कारवाही

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

वैशाख २९, काठमाडौँ | नेपाली कांग्रेसले पाँच दलीय गबठन्धनविरुद्ध क्रियाकलाप गरेको भन्दै चितवनको भरतपुर नगरपालिकाका आफ्ना पाँच जना नेता तथा कार्यकर्तालाई कारवाही गरेको छ ।

कांग्रेसले आज एक विज्ञप्ति जारी गर्दै उनीहरुलाई तत्काल लागु हुनेगरी पार्टी सदस्यबाट निलम्बन गरेको जनाएको छ ।

कांग्रेसले कारवाही गरेका भरतपुरका पाँच जना नेता कार्यकर्तामा पूर्व सांसद भिम बहादुर श्रेष्ठ, नेपाल तरुण दलका पूर्व केन्द्रीय सदस्य शम्भु प्रसाद अर्याल, क्षेत्रीय प्रतिनिधि सूर्य बस्नेत, नेपाल तरुण दल चितवनका पूर्व जिल्ला सचिव आनन्दराज राउत र क्रियाशील सदस्य डा. केशव पौडेल रहेका छन् ।

विज्ञप्ति अनुसार कांग्रेस जिल्ला कार्यसमिति चितवनले उनीहरु कांग्रेसको केन्द्रीय निर्देशन एवं पाँच दलीय गठबन्धनका उम्मेदवारहरुका विरुद्धमा सक्रिय रही पार्टीको विधान र अनुशासनभन्दा बाहिर रहेर कार्य गरेको हुँदा तत्काल लागु हुनेगरी पार्टी सदस्यबाट निलम्बन्ध गर्न सिफारिस गरेको थियो । सोही अनुसार पार्टीले उनीहरुलाई निलम्बन गरेको विज्ञप्तिमा जनाइएको छ ।