2026-10-21 01:45 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पाँच दलीय गठबन्धनविरुद्ध लागेको भन्दै कांग्रेसले गर्यो भरतपुरका पाँच जना नेता–कार्यकर्तामाथि कारवाही

वैशाख २९, काठमाडौँ | नेपाली कांग्रेसले पाँच दलीय गबठन्धनविरुद्ध क्रियाकलाप गरेको भन्दै चितवनको भरतपुर नगरपालिकाका आफ्ना पाँच जना नेता तथा कार्यकर्तालाई कारवाही गरेको छ । 

कांग्रेसले आज एक विज्ञप्ति जारी गर्दै उनीहरुलाई तत्काल लागु हुनेगरी पार्टी सदस्यबाट निलम्बन गरेको जनाएको छ । 

कांग्रेसले कारवाही गरेका भरतपुरका पाँच जना नेता कार्यकर्तामा पूर्व सांसद भिम बहादुर श्रेष्ठ, नेपाल तरुण दलका पूर्व केन्द्रीय सदस्य शम्भु प्रसाद अर्याल, क्षेत्रीय प्रतिनिधि सूर्य बस्नेत, नेपाल तरुण दल चितवनका पूर्व जिल्ला सचिव आनन्दराज राउत र क्रियाशील सदस्य डा. केशव पौडेल रहेका छन् । 

विज्ञप्ति अनुसार कांग्रेस जिल्ला कार्यसमिति चितवनले उनीहरु कांग्रेसको केन्द्रीय निर्देशन एवं पाँच दलीय गठबन्धनका उम्मेदवारहरुका विरुद्धमा सक्रिय रही पार्टीको विधान र अनुशासनभन्दा बाहिर रहेर कार्य गरेको हुँदा तत्काल लागु हुनेगरी पार्टी सदस्यबाट निलम्बन्ध गर्न सिफारिस गरेको थियो । सोही अनुसार पार्टीले उनीहरुलाई निलम्बन गरेको विज्ञप्तिमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ