2026-08-31 06:54 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

प्रचण्ड र बहालवाला तीन मन्त्रीविरुद्ध आचारसंहिता उल्लंघनको उजुरी

वैशाख २९, चितवन | नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र बहालवाला तीन मन्त्रीविरुद्ध निर्वाचन आचारसंहिता-०७८ उल्लंघन गरेको उजुरी दर्ता भएको छ । उनीहरू विरुद्ध भरतपुर महानगरपालिका–१२ का अश्विन घिमिरेले आज मुख्य निर्वाचन अधिकृतकको कार्यालय भरतपुरमा लिखित उजुरी दिएका हुन् ।

महिला तथा बालबालिका मन्त्री उमा रेग्मी, श्रम तथा रोजागर मन्त्री कृष्णकुमार श्रेष्ठ र राज्यमन्त्री उमेश श्रेष्ठविरुद्ध पनि उजुरी परेको छ ।

मौन अवधिमा निर्वाचन आचारसंहिताको उल्लघंन गर्दै प्रचण्ड मतदाता प्रभावित गर्न सक्रिय बनेका छन् । बुधबार स्थलमार्गहुँदै भरतपुर आइपुगेका प्रचण्ड आफ्नो छोरी रेणु दाहालको निवासमा राति अबेरसम्म बसेर नेता कार्यकर्ताहरूलाई भेटेका थिए ।

आज बिहान पश्चिम चितवनको विभिन्न स्थानमा पुगेर प्रचण्डले गठबन्धनका उम्मेदवारको लागि भोट मागे । त्यसलगत्तै उनी आचारसंहिताको धज्जी उडाउँदै माडी पुगे ।

माडीको एक होटलमा बसेर २५-२५ जनाको समूहमा कार्यकर्तालाई भेटेर निर्वाचन आफ्नो पक्षमा पार्न निर्देशन दिए । माडीमा माओवादी केन्द्र भित्रको नारायणकाजी श्रेष्ठ र प्रचण्ड पक्षका कार्यकर्ताबीच विवाद रहेको छ । उनीहरूलाई फकाउन प्रचण्ड माडी पुगेका हुन् ।

मुख्य निर्वाचन अधिकृत प्रकाशकुमार अधिकारीले दुई वटा भिडियोको टुक्रासहित ठाडो उजुरी परेको बताए । ‘दुई वटा भिडियो राखेर आचारसंहिता उल्लंघन गरेको भनेर उजुरी परेको छ । भिडियोमा प्रचण्ड बाटोमा हिँडिरहेको देखिन्छन् । अरु प्रमाण राखिएको छैन,’ उनले भने ।

यसअघि मेयरकी उम्मेदवार रेणु दाहालविरुद्ध लिखित उजुरी परेको थियो । दाहालविरुद्ध दुई पटक स्पष्टिकरण सोधिसकेको उनले बताए ।

मौन अवधिको समयमा निर्वाचन आचारसंहिताको कुनै परवाह नगरी सरकारी सवारीसाधनको दुरुपयोग गर्दै भरतपुर महानगरपालिका र माडी नगरपालिकाका आम मतदाताको घर-घरमा पुगेर प्रचण्डले प्रभावमा पार्ने काम गरेको उजुरीमा उल्लेख गरिएको छ ।

त्यस्तै, मन्त्री किसान श्रेष्ठ र उमेश श्रेष्ठले भरतपुर महानगरमा आर्थिक चलखेल गरेको भन्ने भिडियोसहित सूचना आएकोले आवश्यक छानबिन गरी सो कार्य तुरुन्त रोक्न माग गरिएको छ ।

कांग्रेस केन्द्रीय सदस्य शंकर भण्डारी पनि चितवनमै छन् । होटल सिराइचुलीमा बसेर भण्डारीले स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलको पक्षमा लागेका कार्यकर्तालाई फकाएर फिर्ता ल्याउन व्यस्त रहेको स्रोतले बतायो । 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शिक्षकलाई कुटपिट गरी हत्या गरेको आरोपमा ११ जना पक्राउ भोटेकोशी बाढीपछि उद्धारमा खटिएका हेलिकप्टरका लागि निगमले पठायो ४० हजार ८४० लिटर हवाई इन्धन रसुवा बाढी–पहिरोमा मृत्यु हुनेको संख्या ६६९ पुग्यो, चितवनमा मात्रै २४८ शव फेला त्रिशूली जलविद्युत् आयोजनाको सुरुङबाट २०८ जनाको उद्धार टनेलमा फसेकाको उद्धार गर्न नेपालले भारत र चीनसँग माग्यो सहयोग बाढी–पहिरोले मुख्य सडक अवरुद्ध भएपछि धादिङबेसी जोड्ने वैकल्पिक मार्ग सञ्चालनमा भोटेकोशी बाढी प्रभावितको उद्धार–राहत तीव्र बनाउन प्रधानमन्त्रीलाई आङ्देम्बेको ९ बुँदे माग त्रिशूली बाढीले नुवाकोटमा ठूलो क्षति, ५१ शव फेला, ४०५ अझै बेपत्ता दुर्गन्ध र संक्रमणको जोखिमपछि चितवनमा २२९ शव जमिनमा व्यवस्थापन गरिँदै रसुवाको बाढीले नारायणीमा बढ्यो बहाव, पश्चिम चितवनका बस्ती उच्च जोखिममा भोटेकोशी बाढीले अवरुद्ध काठमाडौँ–मुग्लिन सडक खुल्यो भोटेकोशीमा फेरि बाढीको जोखिम, नदी थुनिएर बनेको ताल फुट्ने सम्भावना धादिङमा बाढीले बगाएर ल्याएको सेफ फोडेर रकम निकाल्ने २९ जना पक्राउ रसुवाको भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ६२६ पुग्यो, २ हजार ४२६ अझै बेपत्ता बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने