वैशाख ३०, महोत्तरी | महोत्तरीको गौशाला नगरपालिकाको एउटा मतदान केन्द्रमा मतदान प्रक्रिया अवरुद्ध बनेको छ । गौशाला-९ स्थित बिषहरपुर मतदान केन्द्रमा एक जना मतदाताको साथबाट दुईवटा मतपत्र फेला परेपछी विवाद चर्किएको हो ।
जसका कारण करिव एक घण्टादेखि मतदान प्रक्रिया अवरुद्ध बनेको छ । मतदानस्थलवाट स्थानीयले दिएको जानकारीअनुसार फेला परेको दुईवटा मतपत्र मध्ये एउटा नमुना मतपत्र रहेको छ ।
इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरिक्षक रन्जन मिश्रले विवाद मिलाएर मतदान पुन: सुरू गर्ने विषयमा छलफल भइरहेको जानकारी दिए ।