५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रनिल विक्रमासिंघेः दुई वर्षपछि श्रीलंकाको राजीतिमा कम ब्याक

३० बैशाख २०७९, शुक्रबार १०:०६

वैशाख ३०, कोलम्बो | एजेन्सी | वकिल हुँदै राजनीतिमा लागेका श्रीलंकाका नयाँ प्रधानमन्त्री रनिल विक्रमासिंघे ४५ वर्षदेखि संसद् सदस्य छन् । सन् २०२० को अगस्टमा जारी संसदीय निर्वाचनमा लज्जास्पद पराजय चाखेको युनाइटेड नेसनल पार्टी (यूएनपी) का नेता विक्रमासिंघेको दुई वर्षपछि महत्वपूर्ण कम ब्याक भएको छ । विक्रमासिंघेले आफ्नो साढे चार दशक लामो राजनीतिक करियरमा धेरै महत्वपूर्ण पदहरू सम्हालेका छन् । 

श्रीलंकाका प्रथम कार्यकारी राष्ट्रपति जुनियस जयवर्धनेका भतिजा विक्रमासिंघे राष्ट्रपति रानासिंघे प्रेमदासाको हत्यापछि सन् १९९३–१९९४ सम्म पहिलो पटक प्रधानमन्त्री नियुक्त भएका थिए ।


सन् २००१ को आमनिर्वाचनमा युनाइटेड फ्रन्ट गभर्मेन्ट विजयी भएपछि उनी सन् २००१–२००४ सम्म प्रधानमन्त्रीका रूपमा पनि निर्वाचित भएका थिए ।

तर, चन्द्रिका कुमारतुंगाले मध्यावधि निर्वाचन आह्वान गरेपछि सन् २००४ मा उनी सत्ताच्युत भएका थिए । प्रधानमन्त्रीको रूपमा आफ्नो कार्यकालमा उनले लिबरेसन टाइगर्स अफ तमिल इलम (एलआइटीटीई) सँग शान्ति वार्ता सुरु गरेर सत्ता साझेदारी सम्झौताको प्रस्तावसमेत गरेका थिए । 

नवनियुक्त प्रधानमन्त्री रनिल विक्रमासिंघेले आफ्नो कार्यकालमा भारतसँग घनिष्ट सम्बन्धको अपेक्षा गरेको बताउँदै आर्थिक संकटको सामना गर्न भारतले गरेको आर्थिक सहयोगका लागि धन्यवाद दिएका छन् । 

विक्रमासिंघेले बिहीबार देशको २६औँ प्रधानमन्त्रीका रूपमा सपथ लिएका थिए । कोलम्बोस्थित भारतीय उच्चायोगले विक्रमासिंघेलाई  स्वागत गर्दै राजनीतिक स्थायित्वको आशा राखेको र प्रजातान्त्रिक प्रक्रियाअनुसार बनेको श्रीलंका सरकारसँग काम गर्न तत्पर रहेको  जनाएको छ । ‘श्रीलंकाका जनताप्रति भारतको प्रतिबद्धता जारी रहनेछ’,  उच्चायोगले ट्वीटमा भन्यो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता